Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं  – औषधि व्यवस्था विभागले काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलको औषधालयमा सिलबन्दी गरेको छ ।

उपचारका लागि कलेजमा भर्ना गरिएका झापाका चारवर्षे आरुष सुवेदीलाई म्याद सकिएको सुई दिएको पाइएपछि सोमबार औषधालय बन्द गरिएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिनुभयो ।

कम्मरमा पीप जमेकाले उपचारका लागि साउन १५ गते सुवेदीलाई अस्पतालमा भर्ना गरिएको थियो । ‘चिकित्सकले सुवेदीलाई पासिम नामक एन्टिबायोटिक २५० एएमजी र ५०० एमजीको भाइल मिलाएर दिन सिफारिस गरिएकामा म्याद सकिएको २५० एमजीको सुई दिइएको पाइएको छ’ महानिर्देशक ढकालले भन्नुभयो ‘हामीले प्रारम्भिक जाँचमा बाँकी दुईवटा भाइल म्याद सकिएको पायौँ तर सुई दिने नर्ससँग कुराकानी गर्न बाँकी छ, अनुसन्धान गर्दैछौँ ।’ यो औषधिले पीप सुकाउने काम गर्ने पनि उहाँले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयका चिकित्सा सेवा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठले सुवेदीका आफन्तले मन्त्रालयमा खबर गरेपछि आफू स्वयं अस्पतालमा गई औषधि व्यवस्था विभागलाई जानकारी गराएको बताउनुभयो ।

थप उपचारका लागि बिरामीलाई अहिले कान्तिबाल अस्पतालमा पठाइएको छ । बिरामीका आफन्त र अस्पतालबिच अहिलेसम्मको उपचार निःशुल्क गर्ने सहमति भएको पनि प्रमुख डा. श्रेष्ठले जानकारी दिनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया