Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

सप्तरी – सप्तरीका बाढी पीडित परिवारलाई सरकारले दिने भनेको प्रतिपरिवार २५ हजार राहत एक महिनासम्म पनि पुग्न सकेको छैन । पीडितको तथ्यांक संकलन गर्न जिल्ला विपद् ब्यवस्थापन समितिले सक्रियता नदेखाएका कारण सरकारी राहत पुग्न नसकेको हो ।

गत असार २४ गते बाढीले भएको क्षतिबारे स्थलगत अवलोकन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले घरबारविहीन भएकालाई प्रतिपरिवार टहरा निर्माण गर्न १५ हजार र जस्तापाता खरिद गर्न १० हजार गरी २५ हजार रुपैयाँ तत्काल राहत दिने घोषणा गर्नुभएको थियो ।

प्रधानमन्त्रीको घोषणापछि असार २५ गते बसेको मन्त्रिपरिषद् बैठकले समेत उनीहरुलाई तत्काल सो रकम उपलब्ध गराउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले निर्णय गरेको एक महिना वित्न लाग्दासमेत रकम निकासा हुन नसकेको भन्दै बाढी प्रभावित भने अन्योलमा परेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले भने पहिलो चरणअन्तर्गत बाढी आएको समयमा नै पीडितलाई ५–५ हजार रुपैयाँका दरले उपलब्ध गराइसकेको र बाँकी २०–२० हजार रुपैयाँ छिट्टै उपलब्ध गराउने बताउनुभयो ।

असार १६ गते महुली, सुन्दरी, खाँडो र जिता खोलामा आएको बाढीले सप्तरीका १ हजार ५ सय परिवार प्रभावित भएका थिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया