Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – धितोपत्र बजारमा यस साता रु चार अर्ब ७३ करोड ८२ लाख ६७ हजार बराबरको शेयर कारोबार भएको छ । कूल १६५ कम्पनीको ८७ लाख ५३ हजार ८८० कित्ता शेयर कारोबार भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ ।

यससाता कारोबार रकम गत साताको भन्दा १२ दशमलव ७२ प्रतिशत बढी हो । गत साता १६८ कम्पनीको रु चार अर्ब २० करोड ३४ लाख ५२ हजार बराबरका एक करोड १४ लाख ३८ हजार ३९० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५२ दशमलव १८ अंकले बढेर अन्तिम दिन एक हजार ६३५ दशमलव ७५ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ११ दशमलव ०८ अंकले बढेर ३४७ दशमलव ४५ अंकमा आइपुगेको छ । यससाता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको रु २८ करोड ३४ लाख ४० हजार बराबरको शेयर कारोबार भएको स्टकले जनाएको छ ।

त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा लक्ष्मी भ्यालु फण्ड १ अग्रस्थानमा छ । सो फण्डको सात लाख १८ हजार कित्ता शेयर कारोबार भएको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

यस्तै स्वदेशी लघुवित्त वित्तीय संस्था, ज्योति विकास बैंक, हाम्रो विकास बैंक, विकास ऋणपत्र २०८० र सिभिल बैंक लिमिटेडको नयाँ शेयर कारोबारका लागि स्टकमा सूचीकृत भएका थिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया