Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – हुलाकी राजमार्ग अन्तर्गतको १० वटा सडक निर्माणका लागि नेपाल सरकारलाई भारत सरकारले झण्डै २४ करोड रकम भुक्तानी गरेको छ । भारतीय राजदुत मन्जिवसिंह पुरीले अाज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई हुलाकी राजमार्ग अन्तर्गतको १० वटा सडक निर्माणका लागि लाग्ने कूल बजेटको २५ प्रतिशत रकमको चेक हस्तान्तरण गर्नु भएको हो ।

जस अन्तर्गत भारतले नेपाललाई १४ करोड ८३ लाख ६७ हजार ९ सय ७८ रुपैँया भारू अग्रिम भुक्तानी गरेको हो । नेपाल सरकार र भारत सरकारबीच हुलाकी राजमार्ग अन्तर्गतको १० वटा सडक निर्माण भारत सरकारले गर्ने समझदारी भएको थियो । सोही समझदारी अनुसार काम अघि बढाउन अाज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच भारतीय राजदुत पुरीले सचिव कार्कीलाई १४ करोड ८३ लाख ६७ हजार ९ सय ७८ भारतीय रूपैँयाको चेक हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव कार्कीले भारतले हुलाकी राजमार्ग अन्तरगतको १० वटा सडक निर्माणका लागि २५ प्रतिशत रकम अग्रिम भुक्तानी गरेर सहयोग गरेकोमा आभार व्यक्त गर्नु भयो । उहाँले भारत सरकारको आर्थिक सहयोगमा संचालित सडक निर्माणको काम समयमै सम्पन्न हुने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । भारतीय राजदुत सिंहले हुलाकी राजमार्ग अन्तरगतका १० वटा सडक निर्माणका लागि सहकार्य गर्ने अवसर पाएकोमा भारत सरकार खुसी रहेको उल्लेख गर्नु भयो । उहाँले भारत नेपालको पूर्वाधार विकासमा आवश्यक लगानी गर्न सधैं तयार रहेको पनि बताउनु भयो ।

राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग अन्तरगतको १० वटा सडक निर्माणका लागि भारत सरकारले सहयोग गर्ने समझदारी भएको छ । सोही कामका लागि भारत सरकारले कूल लागतको २५ प्रतिशत रकम बुधबार नेपाल सरकारलाई उपलब्ध गराएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भारतको आर्थिक सहायतामा बनाउन लागिएको १० वटा सडक मध्ये ९ वटाको ठेक्का दिने काम सम्पन्न भएको र बाँकि १ वटाको पनि ठेक्का दिने प्रक्रिया सुरु भईसकेको स्पष्ट पारेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया