Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – भारत सरकारले त्यहाँको सर्वोच्च अदालतलाई पुराना ५ सय र १ हजार रुपैंयाँको नोट साट्नको लागि अब कुनै पनि व्यवस्था गर्न नसकिने जानकारी गराएको छ । यस अगाडी भारतको सर्वोच्च अदालतले विभिन्न समस्यामा परेर पुराना नोट् साट्न नसकेकालाई एउटा छोटो अवधी उपलब्ध गराउन आग्रह गरेको थियो ।

तर भारतीय अर्थमन्त्रालयले सर्वोच्च अदालतलाई एक पत्र लेख्दै अब नोट साट्ने अवधी प्रदान गरिएमा दुरुपयोग हुने तर्क गरेको छ । गत जुलाई ४ मा सर्वोच्च अदालतले सरकारलाई केही समय उपलब्ध गराउन आग्रह गरेको थियो । गत वर्षको नोभेम्वर ८ मा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले ५ सय र एक हजारका नोट अवैध घोषणा गर्नु भएको थियो । त्यसपछि पुराना नोट जम्मा पार्नका लागि डिसेम्वर ३० सम्म समयसिमा दिइएको थियो ।

भारतको अर्थ मन्त्रालयले अदालतलाई लेखेको पत्रमा नोटवन्दीको एउटा मुख्य उदेश्य कालोधनलाई नियन्त्रण गर्नु भएको र फेरी समय उपलब्ध गराइएमा सरकारको यो लक्ष्य पुरा नहुने बताइएको छ । यद्यपी भारत सरकारको यो धारणा आफना नागरिकका लागि हो । नेपालीसंग रहेका पुराना नोट साट्नको लागि भारतले विशेष व्यबस्था गर्न सक्छ । तर पनि अधिकारीका अनुसार नेपालीसंग रहेका पुराना भारतिय नोट साटिने सम्भावना एकदमै न्युन हुँदै गएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया