काठमाडौं – यमनमा सोमालीयाली शरणार्थी चढेको डुंगामाथि हवाइ आक्रमण हुँदा ३१ जनाको ज्यान गएको छ । यमन हुँदै सुडान जान लागेका ती
शरणार्थी चढेको डुंगामाथि यमनको समुन्द्री तटमा आक्रमण भएको हो ।
ज्यान गुमाउनेमा अधिकांश महिला तथा बालबालिका छन् । आक्रमण कसले गरेको भन्ने एकिन हुन नसकेको बिबिसीले उल्लेख गरेको छ । आक्रमण भएको समुन्द्री तट हुथी विद्रोहिको नियन्त्रणमा रहेको समाचारमा उल्लेख छ ।








