Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

अमेरिका – अमेरिकाको हवाइ राज्यको संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बाहुल्य ६ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने गरी जारी गरेको नयाँ यात्रा प्रतिबन्धसम्बन्धी कार्यकारी आदेश विरुद्ध फैसला गरेको छ ।

हवाइमा रहेको संघीय जिल्ला अदालतका न्यायाधीश डेरिक वाट्सनले राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश तत्काल कार्यान्वय नर्गन आदेश दिनुभएको हो । हवाइसहित विभिन्न राज्यमा ट्रम्पको नयाँ आदेश विरुद्ध मुद्दा दायर भएको थियो । राष्ट्रपति ट्रम्पले सिरिया, इरान, लिबिया, सुडान, यमन र सोमालियाका नागरिकलाई ९० दिनसम्म नयाँ भिसा नदिने सम्बन्ध आदेश जारी गर्नुभएको हो ।

यस्तै उहाँले सबै शरणर्थीलाई एक सय २० दिनसम्म अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी निर्देशन पनि छ । मिनेसोटा, ओरिगन र मासाचुसेट्स राज्यले पनि यात्रा प्रतिबन्धसम्बन्धी ट्रम्पको कार्यकारी आदेश विरुद्ध मुद्दा दायर भएको छ । ट्रम्पको पछिल्लो आदेश यही बिहीबारदेखि लागु हुने थियो । तर हवाइका न्यायाधीशले विपक्षमा फैसला गरेपछि कार्यान्वयन हुने नहुनेमा शंका उत्पन्न भएको छ ।

यसअघि राष्ट्रपतिको जिम्मेवारी सम्हाले लगतै गएको जनवरीमा ट्रम्पले सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी आदेश जारी गर्नुभएको थियो । तर त्यो आदेश संघीय अदालतको अवरोधका कारण कार्यान्वयन हुन नसकेपछि ट्रम्पले प्रतिबन्धित देशको सूचिबाट इराकलाई हटाएर नयाँ आदेश जारी गर्नुभएको हो ।

पछिल्लो ओदश पनि मुस्लिममाथिकै प्रतिबन्ध रहेको भन्दै विरोध भएको छ । अमेरिकामा सुरक्षा खतरा बढ्ने भएकाले ६ देशका नागरिकलाई प्रवेशमा रोक लगाइएको ट्रम्प प्रशासनको भनाई छ ।

तपाईको प्रतिक्रिया