Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

इथियोपिया – इथियोपियामा फोहोरको डंगुरमा पहिरो जाँदा ज्यान गुमाउनेको संख्या ४८ नाघेको छ । राजधानी एडिस अबाबा नजिकै रहेको फोहोर फाल्ने ठाउँ अर्थात् ल्याण्डफिल्ड साइटमा पहिरो जाँदा ४८ जना भन्दा धेरैको ज्यान गएको बिबिसीले जनाएको छ ।

अझै पनि केही मानिस हराइरहेका छन् । पहिरो गएका बेला त्यहाँ एक सय ५० जना मानिस रहेको प्रत्यक्षदर्शीले बताएका छन् । फोहोरको पहाडमा पहिरो जाँदा त्यहाँ अस्थायी घर बनाएर बसेका मजदुर हराइरहेका हुन् । यो ल्याण्डफिल्ड साइटमा गएको ५० वर्षदेखि फोहोर फालिँदै आएको थियो ।

ज्यान गुमाउनेमा धेरै बालबालिका रहेको सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ । ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीको भनाई छ । पहिलो गएको ल्याण्डफिल्ड साइट नजिकै सरकारले फोहोरबाट उर्जा निकाल्ने केन्द्र बनाइरहेको छ ।

तपाईको प्रतिक्रिया