Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ एन्फा ले एसियन कप छनोटअन्तर्गत फिलिपिन्सविरुद्वको खेलका लागि आज २७ खेलाडी छनोट गरेको छ । राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक ग्योतोकु कोजीले पहिलो चरणमा रहेका ३६ खेलाडीमध्येबाट उनीहरु छनोट गरेको एन्फाद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

त्यस्तै चोटका कारण राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर नवयुग श्रेष्ठ टोलीमा परेनन् । गत वर्ष बङ्गलादेशमा भएको बङ्गबन्धु कप र भारतमा भएको बाह्रौँ दक्षिण एसियाली खेलकुदमा उत्कृष्ट खेल प्रदर्शन गरेका श्रेष्ठको अहिले खुट्टामा चोट लागेको छ । त्यतिबेला नेपालले दुवै खेलमा स्वर्ण पदक हात पारेको थियो ।

छनोट हुनेमा विकेश कुथु, किरण लिम्बू, विशाल श्रेष्ठ, एलन न्यौपाने, रवीन श्रेष्ठ, विराज मर्हजन, अनन्त तामाङ, अद्वितीय चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, रञ्जित धिमाल, जितेन्द्र कार्की, विमल बस्नेत तथा मानबाहदुर तामाङ छन् ।त्यसैगरी विशाल राई, हेमन गुरुङ, विक्रम लामा, अञ्जन विष्ट, सुजल श्रेष्ठ, सुमन लामा, राजेन्द्र रावल, विमल घर्ती मगर, रञ्जन विष्ट, भरत खवास र करण लिम्बू छनोटमा परेका छन् ।

एसियन कप छनोटको आफ्नो पहिलो लेगमा नेपालले फिलिपिन्ससँग आगामी चैत १५ मनिलाको रिजाल मेमोरियल स्टेडियममा खेल्नेछ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया