Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

ग्वाटेमाला – ग्वाटेमालाको एक बालबालिका स्याहार गृहमा आगलागी हुँदा १९ जना किशोरीको ज्यान ग्उको छ । राजधानी ग्वाटेमाला सिटीबाट २५ किलोमिटर दक्षिण पूर्वमा पर्ने सान जोसे पिनुलामा रहेको स्याहार गृहमा आगलागी हुँदा अन्य २५ जना घाइते भएका छन् ।

स्याहार गृहमै रहेका केही व्यक्तिका कारण आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । मंगलबार स्याहार गृहमा झडप भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

स्याहार गृहबाट झण्डै ६० जना बालबालिका भागेका छन् । स्याहार गृहमा रहेका बालिकामाथि यौन शोषण हुने गरेको भन्दै केहीले आलोचना गरेका छन् । त्यसपछि झडप भएको थियो ।

आगलागीमा परि ज्यान गुमाउनेमा १४ देखि १७ वर्ष उमेरका किशोरी छन् । स्याहार गृहमा अनाथ बालबालिका रहने गरेका थिए । चार सय जनाको क्षमता रहेको गृहमा आगलागी भएका बेला त्यो भन्दा धेरै रहेकाले पनि क्षति बढी भएको बिबिसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया