Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

नेपालगन्ज – अखिल नेपाल फुटबल सङ्घ, बाँकेको आयोजनामा दोस्रो टुवोर्ग नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिता यहाँ सञ्चालन हुने भएको छ । यही फागुन २६ देखि चैत ४ गतेसम्म स्थानीय रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा नेपालको मनाङ मस्र्याङ्गदी, सङ्कटा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको विभागीय समूह, रुपन्देही— ११, सुदूरपश्चिम— ११ र नेपालगन्ज—११ गरी ‘ए’ डिभिजनका आठ समूहको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि कुल २७ लाख बजेट छुट्टयाइएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई रु पाँच लाख र दोस्रो हुनेलाई रु दुई लाख ५१ हजार पुरस्कार उपलब्ध गराइने सङ्घका जिल्ला अध्यक्ष भोजराज शाहीले बताउनुभयो । त्यस्तै प्रतियोगितामा विद्यागत रुपमा उत्कृष्ट गोलकिपर, मिडफिल्डर, फारवर्ड, डिफेन्स र मैन अफ दि म्याचलाईसमेत पुरस्कारको व्यवस्था गरिएको छ । नकआउटका आधारमा खेलाइने सो प्रतियोगिताको अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय अध्यक्ष नरेन्द्र श्रेष्ठले उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको आयोजकले जनाएका छन् ।

प्रतियोगिता सम्बन्धी तयारीका विषयमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका जिल्ला अध्यक्ष शाहीले टुवोर्गसँग तीन वर्षसम्म प्रतियोगिता सञ्चालनका लागि सम्झौता भएको जानकारी गराउनुभयो । यसैबीच, अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा क्रियाशील पत्रकार महिला समूहद्वारा आज यहाँ आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पत्रकार महिला समूहले विजय प्राप्त गरेका छन् ।  पत्रकार महिला समूहले महिला मानवअधिकारकर्मीको समूहलाई २५—१८, ११—२५ र २६—२४ अङ्कले पराजित गरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया