Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

काठमाडौं – श्रीलंकन नागरिकको हत्या गरेको आरोपमा अष्ट्रेलियाको प्रहरीले तीन नेपाली नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले जारी गरेको एक विज्ञप्तिका अनुसार गत शुक्रबार बेलुकी उत्तरी एडेलेडको पेनफिल्ड गार्डेनमा घटना भएको थियो ।
पक्राउ परेका तीन नेपालीहरुको पहिचान गोप्य राखिएको छ । फेब्रुअरी ३ मा साँझपख अपरिचित व्यक्तिले फोन गरेर प्रहरीलाई बोआडेक्रेस ड्राइभमा बोलाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । त्यहाँ पुगेपछि प्रहरीले एउटा घरमा ३९ वर्षीय एक व्यक्तिको विभत्स अवस्थामा रहेको शव फेला पारेको थियो ।
पक्राउ परेका नेपालीको उमेर र पक्राउ परेको स्थान भने खुलाइएको छ । उनीहरुमध्ये ४४ वर्षीय व्यक्तिलाई डाभोरेन पार्कबाट र ४८ वर्षीयलाई एलिजाबेथ नर्थबाट पक्राउ गरिएको हो । उनीहरुलाई आज एलिजाबेथ म्याजिस्ट्रेट कोर्टमा उपस्थित गराइयो र हिरासतमा राख्ने अनुमति लिइयो ।

तपाईको प्रतिक्रिया