अमेरिका – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बाहुल्य रहेका ६ देशका नागरिकलाई नयाँ भिसा नदिने आदेश जारी गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले सुडान, सिरिया, इरान, लिबिया, सोमालिया र ओमनका नागरिकलाई नयाँ भिसा नदिने आदेशमा हस्ताक्षर गर्नुभएको हो ।

तर यसअघि भिसा वा ग्रिन कार्ड लिइसकेका ती देशका नागरिकमाथि भने रोक लगाइएको छैन । गत जनवरीमा जारी गरिएका आदेशमा यो सूचीमा इराकलाई राखिएको भए पनि अहिले भने छैन ।
राष्ट्रपतिले जारी गरेको नयाँ आदेश यही मार्च १६ देखि लागू हुने बताइएको छ । यो आदेश ९० दिनका लागि जारी गरिएको हो








