Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

सोमालिया– सोमालियामा भोकमरीका कारण एक सय १० जनाको ज्यान गएको छ । प्रधानमन्त्री हसन अलि ह्यारीले पछिल्लो ४८ घण्टामा खडेरीका कारण उत्पन्न भएको भोकमरीले एउटै क्षेत्रमा मात्रै एक सय १० जनाको ज्यान गएको पुष्टि गर्नु भएको हो ।

दक्षिण पश्चिमी सुख्खा क्षेत्रमा मात्रै भोकमरीका कारण ज्यान गएको हो । तर खडेरी र भोकमरीको चपेटामा परेका अन्य ठाउँका मानिसको अवस्था भने थाहा नभएको बिबिसीले जनाएको छ । सोमालियामा खडेरीका कारण भोकमरीको संकट बढ्दै गएको छ ।

अहिले सोमालियाका झण्डै ३० लाख मानिसले खाद्य संकट भोगिरहेका छन् । सोमालियामा सन् २०१० देखि २०१२ सम्म भोकमरीका कारण दुई लाख ६० हजार भन्दा धेरैको ज्यान गएको थियो । त्यसअघि सन् १९९२ मा फैलिएको भोकमरीका कारण दुई लाख २० हजार मानिसको ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया