Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – एसिसी एसिया कप ट्वान्टी–ट्वान्टी महिला क्रिकेटमा नेपालले लज्जास्पद हार बेहोरेको छ ।

आज भएको पाँचौ खेलमा नेपाल भारतसँग ९९ रनले पराजित भएको हो । नेपालको यो लगातार पाँचौ हार हो । भारतले प्रस्तुत गरेको १२१ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा २१ रनमै अलआउट भयो जुन नेपालको सबैभन्दा कम स्कोर हो । नेपालका लागि सरिता मगरले बनाएको ६ रननै सबैैभन्दा धेरै भयो । करुणा भण्डारी, रुविना क्षेत्री र ज्योति पाण्डेले समान दुई दुई रन बनाए । nepali-women-cricket

नेपालका चारजना खेलाडी डक आउट भएको खेलमा रोशनी बोहोरा र सीता रानामगरले एक एक रन बनाए । पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १२० रन बनाएको थियो । भारतका लागि शिखा पाण्डेले सर्वाधिक ३९ रन बनाइन् । त्यस्तै भेल्लसमी भनिताले २१, अनुजा पटिलले १६, हार्मनप्रित काउरले १४, नुहाज प्रविनले १३, मनिशी जोशीले ५ र सविन्नी मेगानले ४ रनको योगदान गरे ।

सबै खेलमा हारे बेहोरेको नेपाल अब घर फर्कने भएको छ । नेपालले पहिलो खेलमा पाकिस्तानसँग ९ विकेटले, दोस्रो खेलमा श्रीलंकासँग ८ विकेटले, तेस्रो खेलमा बंगलादेशसँग ९२ रन र चौथो खेलमा थाइल्याण्डसँग ८ विकेटले पराजित भएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया