Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौं – विश्व फुटबल बरियतारियतामा नेपाल पाँच स्थान माथि उक्लिएको छ ।

विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको नयाँ बरियताक्रम अनुसार नेपाल पाँच स्थान माथि उक्लिदै १ सय ८१ औं स्थानमा पुगेको हो । पछिल्लो समयका खेलहरुमा राम्रो प्रदर्शन गर्दै आएको नेपाली फुटबल टोलीले एक हप्ता अघि मलेसियामा भएको एएफसी सोलिडारिटी कप फुटबलको उपाधी पनि जित्न सफल भएको थियो ।nepal
दक्षिण एसियामा भने नेपाल पाँचौ स्थानमा छ । फिफामा १ सय ३७ औं स्थानमा रहेको भारत पहिलो स्थानमा छ भने अफगानिस्तान दोस्रो, माल्दिभ्स तेस्रो तथा भुटान चौथो स्थानमा छन् । यस्तै, बंगलादेश छैठौँ, श्रीलंका सातौँ र पाकिस्तान पुछारमा छ ।

विश्व बरियताको पहिलो स्थानमा अर्जेन्टिना कायमै छ भने ब्राजिल दोस्रो स्थानमा उक्लिएको छ ।

तपाईको प्रतिक्रिया