Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

लुम्बिनी – रुपन्देहीको छोटकी रामनगर गाविसस्थित मझौली चौराहामा हुन लागेको कुस्ती प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका २२६ जना पहलवान भिड्ने भएका छन् । आगामी मङ्सिर २६ देखि २९ सम्म हुने उक्त प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका गरी २२६ जना पहलवानको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो ।

गत वर्षदेखि सुरु गरिएको उक्त प्रतियोगितामा अन्तर्राष्ट्रिय स्तरमै नाम कमाएका पहलवान बाबा केशवदास (नागा बाबा), शङ्कर थापा, राजेन्द्र यादवलगायतका चर्चित पहलवानको सहभागिता रहने बजरङ्ग दलका अध्यक्ष जयप्रकाश धवलले बताउनुभयो । त्यस्तै भारतका उमाशङ्कर यादव, भुरा सिंह र पथ्थर सिंह पहलवानको समेत प्रतियोगितामा सहभागिता रहने अध्यक्ष धवलले बताउनुभयो ।

उहाँका अनुसार, कुस्ती प्रतियोगितासंगै यस पटक भोजपुरी बिरह कार्यक्रम पनि आयोजना गरिने छ । उक्त कार्यक्रममा भोजपुरी गायक बिएम सहानी, हरिकेश यादव र सुनिता यादवलगायतका कलाकारको प्रस्तुति रहने छन् ।  प्रतियोगितामा सर्वोत्कृष्ट हुनेलाई पल्सर १५० सिसीको मोटरसाइकल, प्रथमलाई रु ५० हजार १००, द्वितीयलाई एलसिडी टिभी र तृतीयलाई साइकल तथा रु पाँच हजार नगद पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि करिब रु १२ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा लाग्ने सम्पूर्ण खर्च स्थानीयको पहलमा उठाइएको पनि अध्यक्ष धवलले बताउनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया