Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौं  – थाइल्याण्डमा अर्को हप्ता हुने एसिया कप ट्वेन्टी–ट्वेन्टी महिला क्रिकेटका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले रुबिना क्षेत्रीको नेतृत्वमा १५ सदस्यीय टोली घोषणा गरेको हो।

नेपाली टोलीमा रुबिनासहित इन्दु बर्मा, ज्योती पाण्डे, काजोल श्रेष्ठ, करुणा भण्डारी, नेरी थापा, निरा राजोपाध्याय, रश्मी शर्मा चोलागाई र रोशनी बोहरा, सबनम राई, संगीता राई, सरस्वती कुमारी चौधरी, सरीता मगर, सीता राना मगर र शोभा आले छन् ।

प्रतियोगिता नोभेम्बर २६ देखि डिसेम्बर ४ सम्म थाइल्याण्डमा हुँदैछ । २० ओभरको प्रतियोगितामा आयोजक थाइल्याण्ड र नेपालसहित भारत, बंगलादेश, श्रीलंका र पाकिस्तान सहभागी छन् । गएको महिना हङकङमा भएको विश्वकपको एशिया छनौटमा दोश्रो हुँदै नेपालले एशिया कपमा स्थान बनाएको हो ।

तपाईको प्रतिक्रिया