Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – नेपाल मलेसियामा जारी एएफसी   सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

समूह चरणको अन्तिम खेलमा मंगलबार ब्रुनाइमाथि ३–० को शानदार जित निकाल्दै नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो । यसअघि, नेपालले टिमोर लेस्टेविरुद्ध गोलरहित बराबरी खेलेको थियो । ब्रुनाईले भने टिमोरलाई ४–० ले हराएको थियो ।

ब्रुनाईविरुद्ध आकर्षक प्रदर्शन गर्नेक्रममा सुरुआतदेखि नै आक्रामक बनेको नेपालले मध्यान्तरअघिको इन्जुरी समयमा पहिलो गोल गर्‍यो । नवयुग श्रेष्ठले अन्तर्राष्ट्रिय चौथो गोल गर्नेक्रममा नेपाललाई अग्रता दिलाए ।

७२औं मिनेटमा भरत खवासले गोल गर्दै नेपालको अग्रतालाई दोब्बर बनाए । त्यसैगरी, मनोबल उच्च बनाएको नेपालले ८०औं मिनेटमा अग्रतालाई तेब्बर गर्‍यो । पेनाल्टी बक्सभित्र बिमल घर्तीमगरलाई ब्रुनाईका खेलाडीले लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै बिमलले नै गोल गरे । यो जितसँगै नेपालले पछिल्लो समयको गोलविहीन यात्रालाईसमेत टारेको छ ।

एसियाली फुटबल महासंघ (एएफसी)ले एसियाका कमजोर फुटबल राष्ट्रहरुको लागि पहिलोपटक सोलिडारिटी कप फुटबल प्रतियोगिता आयोजना गरेको हो ।

७ टोली सहभागी प्रतियोगितामा नेपाल, ब्रुनाई र टिमोर लेस्टे समूह ‘ए’मा रहँदा समूह ‘बी’मा श्रीलंका, मकाउ, लाओस र मंगोलिया रहेका छन् ।

तपाईको प्रतिक्रिया