Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

भक्तपुर – नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीले भागबन्डाका आधारमा मन्त्री पद छान्न नहुने बताउनुभएको छ ।

आज भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका बालकोटमा स्वर्गीय श्यामबहादुर कार्कीको नवौँ स्मृति दिवसको अवसरमा श्यामबहादुर स्मृति प्रतिष्ठानले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर, औषधि वितरण, एवम् रक्तदान कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो ।

उहाँले भन्नुभयो,‘पदको भागबन्डा गर्ने होइन, व्यक्तिको योग्यता, क्षमता, जनप्रियता र अनुभवको आधारमा मन्त्री छानिनुपर्छ, पार्टी्भित्र सहमति र संवादबाट वरिष्टता, मर्यादा र हैसियतलाई मिलाएर लानुपर्छ ।’

आफूले पाएको मन्त्री पद किन स्वीकार नगरेको भन्ने चासो विभिन्न तहबाट राखिएको चर्चा गर्दै नेता केसीले पद भन्दा जनसेवा ठुलो भन्ने लागेर त्यसलाई स्वीकार नगरेको स्पष्ट पार्नु भयो ।

तपाईको प्रतिक्रिया