Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौँ – ओम अस्पतालको सघन कक्षमा भेन्टिलेटरमा अचेत काँग्रेसका महामन्त्री शशांक कोइरालालको उपचारमा समर्पित चिकित्सकको प्रयास जारी रहँदा काँग्रेसका केही शीर्ष नेतालाई भारतको नयाँ दिल्ली लजान चाहन्थे । shanka

नेता कृष्णप्रसाद सिटौलाको सुझावमा अस्पतालका वरिष्ठ चिकित्सक भोला रिजालले अडानपूर्ण उत्तर दिनुभयो,‘हामीले यति धरै प्रबुद्ध चिकित्सकलाई जम्मा गरेर उपचार गरिरहेका छौँ । उहाँको स्वास्थ्यमा केही सुधारका सङ्केत समेत देखिइसकेका छन्, किन लग्ने बाहिर ? त्यहाँ पनि यही उपचार गर्ने त हो नि ।’ रिजालबाट यो जवाफ पाउँदा पनि नेता सिटौलालाई भने अझै चित्त बुझेन भने,‘हैन मिल्छ भने लगौं भन्ने कुरा हो ।’

रिजालले गम्भीर हुँदै भन्नुभयो,‘भेन्टिलेटरमा राखिएको बिरामीलाई हामी कुनै पनि हालतमा बाहिर लग्ने अनुमति दिँदैनौं । परिवारले पनि यहीँ ठिक छ भनिरहनु भएको छ ।’ आजको अन्नपूर्ण पोस्टमा खबर छ । शशांकको उपचारमा नेपालका प्रख्यात चिकित्सक संलग्न भइरहेको बताइरहे पनि ‘उहाँलाई किन दिल्ली नलगेको ? भारतबाट चिकित्सक आउने कुरा के भयो ? भन्ने जस्ता अनगिन्ती प्रश्न सोध्ने अरुपनि थिए ।

तर ओम अस्पतालको टिम र त्यसलाई साथ दिएका अन्य चिकित्सक आत्मविश्वास र दृढतासहित ठुलै जोखिम मोलेर शशांकको उपचारमा निरन्तर खटिरहे र २४ घन्टापछि खतरामुक्त, भन्न नसकेपनि उनको स्वास्थ्यमा द्रुत सुधार देखियो ।

बिहीबार साँझ जारी अस्पताको बुलेटिनअनुसार उनको स्वास्थ्य स्थित सुधार भए पनि भेन्टिलेटरबाट निकालिएको छ तर खतरामुक्त भने भइसक्नुभएको छैन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया