Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौँ – त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का पूर्वडिन र प्राध्यापकहरूले प्रा.डा. गोविन्द केसीलाई आइओएम हातामा अनशन नबस्न आग्रह गरेका छन् । केसीले आइतबारदेखि आमरण अनशन बस्ने घोषणा गरेका छन् । govinda g

आइओएमका पूर्वडिन प्रा.डा. अरुण सायमी, प्रा.डा. रामप्रसाद उप्रेती, प्रा.डा. ऋतुप्रसाद गड्तौला, प्रा.डा. रतिन्द्र श्रेष्ठ, प्रा.डा. शशी शर्मा र प्रा.डा. कृष्णकुमार बलिले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै अनशन बसेर अस्पताल र क्याम्पसलाई बन्धक नबनाउन केसीलाई आग्रह गर्नुभएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । आफूहरू चार दशकदेखि महाराजगन्ज मेडिकल क्याम्पसमा क्रियाशील रहेको, मन, बचन र कर्मले क्याम्पसमा समाहित भएको भन्दै उनीहरूले संस्थालाई कसैले बन्धक बनाउन नपाउने उल्लेख गरेका छन् ।

डा.केसीले पटक–पटक आइओएम हातामा अनशन बसी अस्पताल र क्याम्पसलाई बन्धक बनाएको उनीहरूको आरोप छ । ‘संस्थाको हितको आडका शब्दमा फेरि पनि संस्थालाई बन्धक बनाउने प्रपन्च भइरहेको सुनिन आएको छ,’ वक्तव्यमा भनिएको छ, ‘अनशनबाट केसी र अरूले कति लाभ लिनुभयो, त्यो जानकारी छैन, तर पटक–पटकको अनशनले शिक्षण अस्पताल र मेडिकल कलेज जीर्ण पार्ने काम भएको सत्य हो ।’

पूर्वडिनहरूको समूहले डा.केसीलाई आइओएम हातामा अनशन बस्न नदिन सरोकारवाला निकायलाई ज्ञापनपत्र समेत बुझाएको छ । अस्पताल हाता अत्यावश्यकीय क्षेत्र भएको र सर्वोच्च अदालतले पनि अस्पताल क्षेत्रमा बन्द–हडताल, अनशनजस्ता गतिविधि गर्न नपाउने भन्दै परमादेश दिइसकेको अवस्थामा डा.केसीलाई आइओएम हातामा अनसन बस्न नदिन ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरूले त्रिवि उपकुलपति, आइओएम डिन, शिक्षण अस्पताल कार्यकारी निर्देशक, जिल्ला प्रशासन काठमाडौँमा पत्र बुझाएका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया