Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

प्यूठान – गएराति पहिरोमा परी प्यूठानमा एकै परिवारका पाँच जनासहित आठ जनाको मृत्यु भएको छ । उत्तरी प्यूठानको रजवारा–३ मा एकै परिवारका पाँच जनाको मृत्यु भएको हो ।

स्थानीय दुर्गाबहादुर मल्लको घरमा पहिरो आउँदा उहाँसहित तीन छोरी र श्रीमतीको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा ४५ वर्षीय मल्ल, ४० वर्षीया श्रीमती सीता मल्ल, १० वर्षीया छोरी सुशीला, ७ वर्षीया लेखा र डेढ वर्षीया सिर्जनाको पनि पुरिएर मृत्यु भएको हो । घटनास्थलमा उद्धारका लागि अहिले प्रमुख जिल्ला अधिकारी जनकराज पन्त नेतृत्वमा प्रहरी नायब उपरीक्षक रञ्जतसिंह राठोरसहित रेडक्रस तथा उद्धार टोली अग्लुङ पुगेको छ ।py

रजवारा गाविसमा सडकको पहुँच नहुँदा अग्लुङबाट झन्डै दुई घन्टाभन्दा बढी हिँड्नुपर्ने हुन्छ । हाल पहिरोमा परेकाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयो । त्यस्तै, गएरातिनै घर भत्किँदा उत्तरी प्यूठानकै पूजा–३ मा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूजाका होम बहादुर सुनार, नाम नखुलेकी उनकी श्रीमती र नातिनी रहेको थाहा हुन आएको छ ।

पूजामा उद्धारका लागि प्रहरीलाई खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तर रजवारामा ठुलो घटना भएकाले पूजामा तत्काल प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको टोली पुग्न नसक्ने प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो । यसको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ । यसैबिच, प्यूठानको बरौला गाविसमा झिमरुक नदीको बिचमा सातजना कामदार फसेका छन् ।

हरियाटारमा कुलो निर्माणका लागि काम गर्दै आएका सात जना मजदुर नदीको बिचमा फसेको तर हालसम्म उद्धार हुन नसकेको स्थानीय गोपाल थापाले जानकारी दिनुभयो । मजदुरको गएरातिदेखी आज बिहानसम्म मजदुरको उद्धार हुन सकेको छैन ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया