Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – सेयर बजार ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो । नेपाल स्टक एक्चेन्जका अनुसार सेयर बजार आज दुई अङ्कले घटेर एक हजार ७१७ बिन्दुमा कायम रहेको छ । आइतबारबाटै घट्ने क्रम सुरु भएको सेयर बजार एक हजार ७१९ बिन्दुमा कायम रहेको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अघिल्लो साता ३८ अङ्कले बढेको सेयर बजार पछिल्लो दुई दिनमा छ अङ्कले घटेको हो । सेयर बजारको मापक निकाय नेपाल स्टक एक्चेन्जका अनुसार आज १४० कम्पनीको रु एक अर्ब ५४ करोड २० लाख सात हजार २३६ कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकमसमेत कम भएको छ । विभिन्न कम्पनीका १८ लाख १७ हजार २७१ कित्ता सेयर खरिद बिक्री भएको छ । नेप्सेका अनुसार आज विकास बैंक र फाइनान्स समूहबाहेक अन्य समूहको सेयर ओरालो लागेको छ ।

बैंकिङ समूह ०.२५ प्रतिशत, होटल ०.३३ प्रतिशत, जलविद्युत् ०.७६ प्रतिशत, इन्सुरेन्स ०.८४ प्रतिशत र अन्य समूह ०.२९ प्रतिशते कमी आएको छ । लगानीकर्ता फाइनान्स समूहतर्फ आकर्षित भएपछि उक्त समूह ४.८३ प्रतिशतले बढेको छ भने विकास बैंक समूह ०.१६ प्रतिशतले बढेको छ ।

तपाईको प्रतिक्रिया