Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौँ – युरोकप २०१६ मा आयोजक राष्ट्र फ्रान्सले विजयी सुरुवात गरेको छ । राजधानी पेरिसको स्टेड डी फ्रान्समा शुक्रवार राति भएको उदघाटन खेलमा फ्रान्सले रोमानियालाई २–१ ले हराएको हो ।

फ्रान्सको जितमा दिमित्री पेयटले अन्तिम समयमा गरेको सुन्दर गोल निर्णायक बन्यो । ५७ औं मिनेटमा ओलीभर जिरउडले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । त्यसको ८ मिनेटपछि नै रोनामियाले पेनाल्टीको अवसर पायो । उक्त अवसरलाई सदुपयोग गर्दै बोग्डान स्टानकुले रोमानियाका लागि बराबरी गोल फर्काए । १–१ को बराबरी भएको अवस्थामा ८९ औं मिनेटमा वेष्ट ह्यामका पेयटले फ्रान्सका लागि ३० यार्डबाट बल प्रहार गर्दै सुन्दर गोल गरे । फ्रान्सले घरेलु मैदानमा भएका प्रतियोगितामा उपाधि आफ्नो पक्षमा पारेको विगतको इतिहास छ ।

सन् १९८४ को युरो तथा १९९८ को विश्व कप फुटबल आयोजना गरेको फ्रान्सले उपाधि जितेको थियो । यसपटक पनि आयोजक राष्ट्र भएकाले युरोकपको उपाधिको बलियो दाबेदारमा फ्रान्सलाई हेरिएको छ । खेलका लागि सुरक्षा व्यवस्था कडा पारिएको थियो । यसपटकदेखि प्रतियोगितामा २४ टोलीलाई समावेश गरिएको छ । फ्रान्सका विभिन्न १० सहरमा हुने प्रतियोगितामा सहभागी राष्ट्रलाई ६ समूहमा विभाजन गरिएको छ ।

प्रत्येक समूहका विजेता र उपविजेतासँगै तेस्रो स्थानमा रहने ६ टोली मध्येबाट उत्कृष्ट चार टोली प्रि क्वाटरफाईनलमा पुग्नेछन् । –एजेन्सी

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया