Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ ८, २०८२
Wednesday, May 21, 2025

झापा – प्रधानमन्त्री केपी शर्मा ओलीले विकासमा कसैले राजनीति गर्न नहुने बताउनुभएको छ । आज आफ्नै गृह जिल्ला झापा दमक–६ स्थित दापगा गाछीमा निर्माण हुन लागेको दमक भ्यूटावरको शिलान्यास गर्नुहुँदै प्रधानमन्त्री ओलीले विकास, समृद्धितर्फ देशलाई रूपान्तरण गर्न सबै जुट्न सके परिवर्तन सम्भव हुनमा जोड दिनुभयो ।

उहाँले विकास सबैको साझा मुद्दा भएकाले यसमा राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्न जरुरी भएको विचार पनि राख्नुभयो । मुलुकको विकासमा वर्तमान सरकारले उल्लेखनीय कामको सुरुवात गरेको दाबी गर्दै उहाँले भन्नुभयो, ‘अब साँच्चै मुलुकको मुहार फेर्न सबैले हिम्मत राख्नुपर्छ ।’ मुलुकको विकासका योजना सार्वजनिक गर्दा विपक्षीहरूले हावादारी भनेर आलोचना गरेकोमा आफू अचम्मित भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

भ्यूटावरको शिलान्यास लगत्तै प्रधानमन्त्रीले मोरङको मधुमल्ला जोड्ने दमक–५ स्थित मावा खोलामा बनिने पुलको समेत शिलान्यास गर्नुभएको थियो ।  नेपाल सरकारको करिब रु एक अर्बको लगानीमा बन्न लागेको उक्त भ्यू टावर ७२ फिट अग्लो र चारतले हुने दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले बताउनुभयो ।

दमकको आन्तरिक पर्यटन प्रवद्र्धनमा पूर्वकै व्यवस्थित बन्न लागेको सो भ्यूटावर करिब पाँच बिघा क्षेत्रफलमा रहेको छ । भ्युटावर बनाउन स्थानीयवासीले लाखौँ रुपैयाँ मूल्यका जग्गा नगरपालिकालाई निःशुल्क दिएका थिए ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया