Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

miss-newa-pokharaपोखरा – १६ प्रतिस्पर्धीलाई उछिन्दै पोखरा खाल्टेमसिनाकी आशा श्रेष्ठ मिस नेवाः पोखराको पाँचौ संस्ककरण जित्न सफल भएकी छिन् ।  उनी यो वर्षको मिस नेवाः पोखराको ताज पहिरिन सफल भएकीछिन ।

उनलाई मिस नेवाः ११३४ रुची श्रेष्ठले क्राउन लगाईदिएकी थिईन् । मिस नेवाः पोखरा ११३५ को टाईटल जितेकी श्रेष्ठले ४० हजार रुपैयाँ सहित आशाले विभिन्न गिप्ट ह्याम्पर हात पारेकी छिन् ।
मोहोरिया टोलकी श्रीया बुद्धाचार्य फस्ट रनरअप तथा नदीपुरकी सुस्मिता प्रधान सेकेण्ड रनर अफ हुन सफल भए । श्रीयाले २५ हजार र सुस्मिताले १५ हजार रुपैया एवं गिफ्ट हयाम्पर प्राप्त गरिन् । श्रीयाले बेस्ट ट्यालेण्टको अवार्ड समेत पाईन् । सुस्मिताले भ्युअर्स च्वाइसको टाइटल अवार्ड जितेकी थिईन् ।

टप फाइभमा परेका पृथ्वीचोककी सगुन श्रेष्ठले बेष्ट कम्प्लेक्सन, भिमसेनटोलकी सारा बजिमयले बेष्ट स्माइल तथा बगालेटोलकी श्रीया श्रेष्ठले बेष्ट पर्सनालिटी र बेष्ट फोटोजेनिकको टाईटल जितिन् । प्रत्येक टाइटल अवार्ड बिजेताले ५ हजार रुपैया, प्रमाणपत्र र उपहार प्राप्त गरे ।

नेवाः खल कास्कीले प्रतियोगिताको आयोजना गरेको थियो । पोखरा सभागृहमा भएको कार्यक्रमको निर्णायकमा पूर्व महान्याधिवक्ता राघवलाल बैद्य, मिस नेवाः पोखरा ११३२ रस्मिता नकर्मी, मिस नेपाल इन्टरनेशनल सोनी राजभण्डारी, चितवन उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष उत्तमलाल चुके, नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष धनञ्जय श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक जनपुकार मुनन्कमी र नेवाः खल कास्कीका पूर्व अध्यक्ष प्रकाशमान पालिखे थिए । ***

तपाईको प्रतिक्रिया