Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

देश बनाउँछु भनेर भोट माग्यौ

त्यही आशा र विश्वासमा भोट दियौं

चुनाव जिताइ फुलमाला लगाइ दरबार पठायौं

निरन्तर माग्छौ नेताहरु केही नभएझैं

जनताहरु दिन्छौ सँधै के के नै भएझैँ
आज नेताहरुसँग यातायातको लागि गुड्ने गाडि

देखि परि आए उड्ने सरकारी ढुकुटीको व्यवस्था छन्

बस्नका लागि बगैँचासहित सुविधा सम्पन्न महल छन्

जहाँ जाउँ अघिपछि सुरक्षाको घेरा छन् ।

 

तर जनता हाम्रो लागि शान्ति सुरक्षा, महल सुविधा त कुरै छोडौं

रोग र भोकले सताइरहेछ

रोग र भोकमा पनि राष्ट्र र राष्ट्रियताको मायाले अताइरहेको छ ।

 

नेताहरु हामी जनताहरुलाई नदी वारी नै छोडी

नदी पार भयौं भन्ने सोच्दै होलाउ

जनताको घरमा लागेको अभाव, भोक, रोगको

ज्वालाबाट बच्यौं भन्दै होलाउ ।
तर त्यो ज्वाला र आगोको लाप्का तिम्रा पापहरुलाई

नष्ट पार्ने गरी दन्केर आउनेछ

त्यसै आफैँमा जलेकै छौ

तर भौतिक रुपमा नै राँक पार्नेछ ।

 

त्यसैले अझै ढिला भाको छैन सारा पाप कर्तुत त्यागेर आउ

स्वच्छ हृदयले जनताको पाउ समाउ ।

स्वच्छ हृदयले जनताको पाउ समाउ ।।

तपाईको प्रतिक्रिया