Deneme Bonusu Veren Siteler
बिहिबार, असार १८, २०८३
Thursday, July 2, 2026

टोकियो – फिफा विश्वकप २०२६ अन्तर्गत नकआउट चरणका खेलहरूमा प्रभावशाली जित निकाल्दै फ्रान्स र नर्वे अन्तिम १६ मा प्रवेश गरेका छन् । न्युयोर्क र डालसमा भएका खेलहरूमा स्टार स्ट्राइकरद्वय केयलिन एमबापे र इर्लिङ हालान्ड आ-आफ्नो टोलीको जितमा नायक बने ।

न्युजर्सी स्टेडियममा बुधबार भएको खेलमा फ्रान्सले स्विडेनलाई ३-० को फराकिलो अन्तरले पराजित गर्‍यो । फ्रान्सको जितमा एमबापेले दुई तथा ब्राडली बारकोलाले एक गोल गरे । यो जितसँगै ६ गोल पुर्‍याएका एमबापे सर्वाधिक गोलकर्ताको सूचीमा अर्जेन्टिनी स्टार लियोनल मेसीसँगै शीर्ष स्थानमा उक्लिएका छन् । फ्रान्सले अब पाराग्वेको सामना गर्नेछ ।त्यसैगरी, डालासमा भएको अर्को रोमाञ्चक खेलमा नर्वेले आइभोरी कोस्टलाई २-१ ले स्तब्ध पार्यो । नर्वेका लागि एन्टोनिओ नुसाले सुरुवाती अग्रता दिलाए पनि आइभोरी कोस्टका अमाद डिएलोले खेल बराबरीमा ल्याएका थिए ।

तर, खेलको ८६ औं मिनेटमा इर्लिङ हालान्डले निर्णायक गोल गर्दै नर्वेलाई अन्तिम आठमा पुर्‍याए । यस विश्वकपमा हालान्डको यो पाँचौँ गोल हो । नर्वेले अब अन्तिम १६ मा पाँच पटकको विजेता ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।

तपाईको प्रतिक्रिया