काठमाडौं – नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार जापानी मुद्रा ‘येन’ को भाउमा स्थिरता देखिएको छ । पछिल्लो समय केही कमजोर बनेको येनको मूल्य आज प्रति १० इकाइको बिक्री दर ९ रुपैयाँ ५६ पैसा कायम भएको छ ।
राष्ट्र बैंकको पछिल्लो विनिमय दरअनुसार आज १० जापानी येनको खरिद दर ९ रुपैयाँ ५३ पैसा र बिक्री दर ९ रुपैयाँ ५६ पैसा रहेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १५१ रुपैयाँ ७१ पैसा र बिक्री दर १५२ रुपैयाँ ३१ पैसा रहेको छ । यस्तै, युरोपियन युरोको बिक्री दर १७७ रुपैयाँ ५९ पैसा र बेलायती पाउन्ड स्टर्लिङको बिक्री दर २०५ रुपैयाँ ०२ पैसा कायम गरिएको छ ।
नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मानिने खाडी मुलुक र मलेसियाको विनिमय दर आज यस प्रकार छ:-
- कतारी रियाल: ४१ रुपैयाँ ८२ पैसा
- युएई दिराम: ४१ रुपैयाँ ४७ पैसा
- साउदी रियाल: ४० रुपैयाँ ५९ पैसा
- मलेसियन रिंगिट: ३८ रुपैयाँ ४१ पैसा
- कुवेती दिनार: ४९६ रुपैयाँ ६१ पैसा
- बहराइन दिनार: ४०३ रुपैयाँ ९८ पैसा
यसैगरी, अस्ट्रेलियन डलरको बिक्री दर १०९ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर ११० रुपैयाँ ४० पैसा र दक्षिण कोरियाली वन १०० को विनिमय दर १० रुपैयाँ १० पैसा कायम भएको छ।
नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ (भारु) सँगको विनिमय दरलाई भने साविक बमोजिम नै प्रति १०० भारुको खरिद १६०.०० र बिक्री १६०.१५ रुपैयाँमा स्थिर राखेको छ । राष्ट्र बैंकले तोकेको यो दर सन्दर्भ दर मात्र भएकाले खुल्ला बजारमा विभिन्न वाणिज्य बैंकहरूले तोक्ने विनिमय दरमा भने केही सामान्य अन्तर हुन सक्ने बैंकले स्पष्ट पारेको छ ।








