Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – प्राकृतिक प्रकोपको जोखिमका बारेमा सर्वसाधारणलाई अझ प्रभावकारी र सरल रूपमा जानकारी दिन जापानले बिहीबारदेखि परिमार्जित विपद् सूचना प्रणाली कार्यान्वयनमा ल्याएको छ । यसअघिको प्रणालीमा सूचनाका धेरै प्रकारहरू भएको र प्राविधिक शब्दहरूमा एकरूपता नहुँदा सर्वसाधारणलाई बुझ्न कठिन भएको भन्दै सरकारले यसमा व्यापक सुधार गरेको हो ।

जापानको मौसम विज्ञान विभाग र भूमि तथा पूर्वाधार मन्त्रालयले संयुक्त रूपमा परिमार्जन गरेको यस नयाँ प्रणालीले मानिसहरूलाई खतराको स्तर मूल्याङ्कन गर्न र समयमै सुरक्षित स्थानतर्फ लाग्न सहज बनाउने अपेक्षा गरिएको छ ।

नयाँ प्रणालीअन्तर्गत विपद्को जोखिमलाई १ देखि ५ विन्दुको मानक मापनमा वर्गीकरण गरिएको छ । यो मापदण्ड मुख्यतया चार प्रकारका विपद्हरूमा लागू हुनेछ- नदीको बहाव, भारी वर्षाका कारण हुने डुबान, पहिरो र समुद्री छालको प्रभाव ।

यसरी तय गरिएको छ चेतावनीको तह:-

स्तर ५: आपतकालीन चेतावनी– तत्काल जीवन रक्षाका लागि कदम चाल्नुपर्ने अवस्था ।

स्तर ४: विशेष चेतावनी- जोखिमपूर्ण क्षेत्रबाट सबैले अनिवार्य रूपमा सुरक्षित स्थानमा जानुपर्ने ।

स्तर ३: चेतावनी- वृद्धवृद्धा र विशेष सहयोग चाहिने व्यक्तिहरूले सुरक्षित स्थानतर्फ लाग्नुपर्ने ।

स्तर २: सुझाव- आफ्ना उद्धारका योजनाहरू र मार्ग जाँच गर्नुपर्ने ।

स्तर १: प्रारम्भिक सुझाव- सम्भावित विपद्का लागि मानसिक रूपमा तयार रहनुपर्ने ।

नदीको बहाव बढ्ने श्रेणीमा हालका लागि जापानभरका ४०० भन्दा बढी ठूला नदीहरूलाई समेटिएको छ । यी बाहेकका अन्य साना नदीहरूको बाढीको जोखिमलाई भने ‘भारी वर्षा’ को श्रेणीअन्तर्गत सूचित गरिने अधिकारीहरूले बताएका छन् । जापानमा बर्खायाम र समुद्री आँधीको समयमा हुने जनधनको क्षति कम गर्न यो नयाँ र एकीकृत सूचना प्रणाली निकै सहयोगी हुने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया