टोकियो – जापानमा रहेका तामाङ समुदायको साझा संस्था ‘नेपाल तामाङ समाज जापान’को अध्यक्षतामा गिर बहादुर तामाङ चयन भएका छन् । आइतबार टोकियोमा आयोजित १०औं अधिवेशनले तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
अधिवेशनले तेज बहादुर थिङलाई वरिष्ठ उपाध्यक्ष बनाएको छ भने उपाध्यक्षहरूमा ललिता तामाङ, अष्टमाया तामाङ, सुस्मा लामा वाइबा, कर्म दोङ तामाङ र नानीमाया तामाङ चयन भए । महासचिवमा देवेन्द्र तामाङ सर्वसम्मत हुँदा सचिवहरूको जिम्मेवारी मनिता मोक्तान, प्रकाश घ्लान, सागर पाख्रिन तामाङ, राजेन्द्र लामा र विशाल जिम्बाले पाए ।
आर्थिक विभागको जिम्मेवारीअन्तर्गत कोषाध्यक्षमा लक्ष्मी वाइबा मोक्तान र सहकोषाध्यक्षमा नीरु तामाङ तथा रोनिश तामाङ चयन भए । कार्यसमिति सदस्यहरूमा कुमार लामा, रोहन लुङ्बा, रविन लामा, मिलन लामा, सविन लामा, सुमित्रा तामाङ, निम बहादुर तामाङ, प्रसान तामाङ, विकास थिङ तामाङ, प्रज्वल घिसिङ, एकराज तामाङ र अर्जुन तामाङ चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष तामाङले आफ्नो कार्यकालमा संस्थालाई थप सक्रिय, पारदर्शी र भरपर्दो बनाउने अठोट व्यक्त गरे । जापानका विभिन्न क्षेत्रबाट तामाङ समुदायका प्रतिनिधि, सामाजिक अभियन्ता र व्यक्तित्वहरूको बाक्लो सहभागिता रहेको अधिवेशनमा तामाङ भाषा, भेषभूषा, कला र संस्कृतिको संरक्षणका विषयमा विशेष छलफल भएको थियो ।








