Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – जापानकी राजकुमारी आइकोले शनिबार टोकियोमा आयोजित ‘लाओस महोत्सव’मा सहभागी भई त्यहाँको कला, संस्कृति र मौलिक उत्पादनहरूको अवलोकन गरेकी छिन् । सम्राट नारुहितो र साम्राज्ञी मासाकोकी सुपुत्री आइको योयोगी पार्कमा आयोजित विशेष समारोहमा सहभागी हुँदा उत्सवको माहोल थप उल्लासमय बनेको थियो ।

महोत्सवको उद्घाटन सत्रमा राजकुमारी आइको लाओसको परम्परागत हल्का हरियो रङको पहिरनमा सजिएर मञ्चमा उक्लिँदा उपस्थित दर्शकहरूले ताली बजाएर उनको न्यानो स्वागत गरेका थिए । उनले रेशमी स्कर्ट लगाएका नर्तकीहरूद्वारा प्रस्तुत परम्परागत लाओ नृत्यको रुचिपूर्वक अवलोकन गर्दै ताली बजाएर कलाकारहरूको उत्साह बढाएकी थिइन् ।

राजकुमारी आइकोले गत वर्ष मात्रै आफ्नो पहिलो वैदेशिक औपचारिक भ्रमणका रूपमा लाओसको यात्रा गरेकी थिइन् । समारोहलाई सम्बोधन गर्दै जापानका लागि लाओसका राजदूत अम्फे किन्दाभोङले राजकुमारीको सो भ्रमणले जापानी नागरिकहरूमाझ लाओसबारे चासो र सचेतना जगाउन ठूलो मद्दत पुगेको बताए । राजदूतले आफ्नो पहिलो औपचारिक विदेश भ्रमणका लागि लाओसलाई रोजेकोमा राजकुमारीप्रति कृतज्ञता व्यक्त गर्दै यसले दुई देशबीचको दशकौँ पुरानो मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाएको उल्लेख गरे ।

कार्यक्रमको औपचारिक सुरुवातका रूपमा नौ पटक पवित्र घण्टी बजाइएको थियो । रिबन काटेर र तस्बिरहरू खिचाएपछि राजकुमारीले मञ्चबाट बाहिरिने क्रममा लाओसको परम्परागत शैलीमा दुवै हात छाती नजिक जोडेर अभिवादन गर्दै बिदा लिएकी थिइन् । लाओसको संस्कृति, खाना र हस्तकलाका सामग्रीहरूको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यो महोत्सव आइतबारसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया