Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – जापानको उत्तरीदेखि पश्चिमी भूभागसम्म वायुमण्डलीय अस्थिरताका कारण आकस्मिक मुसलधारे वर्षा हुने सम्भावना रहेको छ । हिजो मंगलबार वर्षा पहाडी भेगमा मात्र सीमित रहे पनि आज सहरी तथा औद्योगिक क्षेत्रहरूमा समेत मौसममा अचानक परिवर्तन आउन सक्ने मौसम विज्ञान विभागले जनाएको छ । विशेषगरी कान्तो क्षेत्रका मैदानी भागहरूमा भीषण वर्षाको जोखिम रहेको छ ।

माथिल्लो वायुमण्डलमा रहेको चिसो हावा र जमिन सतहको तातो ओसिलो हावाको मिश्रणले गर्दा आज दिउँसोपछि दक्षिण तोहोकुदेखि तोकाइसम्म चट्याङ पर्ने सम्भावना उच्च छ।  तोहोकुदेखि शिकोकुसम्मको फराकिलो क्षेत्रमा दिउँसो घाम लागे पनि जुनसुकै बेला आकाशमा कालो बादल विकसित भई वर्षा हुन सक्छ ।

कान्तो क्षेत्रमा भने भीषण वर्षासँगै चट्याङ, तीव्र हावाहुरी र असिना पर्न सक्ने भएकाले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन भनिएको छ । अचानक हुने भारी वर्षाका कारण होचा सडक र अन्डरपासहरू डुबानमा पर्न सक्ने जोखिम प्रति पनि सचेत गराइएको छ। मौसमको यो अस्थिर अवस्था भोलि मे १४ सम्म नै कायम रहने अनुमान गरिएको छ ।

अचानक आउने भीषण वर्षा र हुरीबतासको समयमा सुरक्षित रहन विज्ञहरूले निम्न तीन विशेष सावधानी अपनाउन आग्रह गरेका छन्:-

  • सुरक्षित र बलियो भवनमा आश्रय लिनुहोस्: आकाशमा मेघगर्जन गराउने बादल देखिएमा तुरुन्तै बलियो भवन भित्र पस्नुहोस् । बाहिर रहेको अवस्थामा चट्याङ र अचानक आउने हावाहुरीबाट बच्न भवनको दोस्रो तला वा झ्यालभन्दा टाढाको सुरक्षित स्थानमा बस्नु उपयुक्त हुन्छ ।
  • निरन्तर मौसमी जानकारी लिनुहोस्: यस्तो वर्षा निकै सानो क्षेत्रमा र छोटो समयका लागि हुने भएकाले यसको पूर्वानुमान कठिन हुन्छ।  तसर्थ, ‘रेन क्लाउड राडार’मार्फत आफ्नो क्षेत्रमा बादलको अवस्था र गतिबारे निरन्तर जानकारी लिइराख्नुहोस् ।
  • भूमिगत स्थान र जलशायबाट टाढा रहनुहोस्: सहरमा वर्षा हुँदा कंक्रिट र अस्फाल्टका कारण पानीको निकास नभई अचानक बाढी आउन सक्छ । त्यसैले अन्डरग्राउन्ड स्टेशन, भूमिगत व्यापारिक केन्द्र वा बेसमेन्टमा हुनुहुन्छ भने तुरुन्तै जमिनको माथिल्लो भागमा जानुहोस्। साथै, नदीको बहाव अचानक बढ्न सक्ने भएकाले पुलमुनि ओत लाग्ने गल्ती नगर्नुहोस् ।

तपाईको प्रतिक्रिया