Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – प्रवासमा रहेका नेपालीहरूबीच आपसी सद्भाव, भाइचारा र एकतालाई थप प्रगाढ बनाउने उद्देश्यले स्याङ्जा समाज जापानले बृहत् ‘समर बीवीक्यु पार्टी २०२६’ आयोजना गर्ने भएको छ । आगामी मे १७ तारिख आइतबारका दिन चिबा केनको इचिकावास्थित साकुरा चुचुमी पार्कमा यो उत्सव आयोजना हुन लागेको हो ।

यस वर्षको बीवीक्यु पार्टी केवल मनोरञ्जनमा मात्र सीमित नभई एक पवित्र उद्देश्यका साथ आयोजना गरिएको समाजले जनाएको छ । कार्यक्रमबाट संकलित रकमको केही हिस्सा ‘स्याङ्जा समाज जापान राहत कोष’ को सहयोगार्थ प्रदान गरिनेछ ।

बिहान १०:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म सञ्चालन हुने यस कार्यक्रममा स्वादिष्ट बीवीक्युका साथै नेपाली संगीत, विभिन्न पेय पदार्थ र रमाइलो जमघट हुनेछ । जापानको व्यस्त जीवनशैलीबाट थोरै समय निकालेर नेपाली पनको आभास गराउन र एक-अर्काको अनुभव आदानप्रदान गर्न यो कार्यक्रम एउटा उत्कृष्ट प्लेटफर्म बन्ने आयोजकको विश्वास छ ।

कार्यक्रम इचिकावा स्टेशनको दक्षिण ढोकाबाट करिब ५ मिनेटको पैदल दुरीमा रहेको साकुरा चुचुमी पार्कमा हुनेछ । समाजका अध्यक्ष वेद कार्की, वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक दीपक न्यौपाने र महासचिव सागरमणि न्यौपाने लगायतको कार्यसमिति टिम अहिले कार्यक्रमको तयारीमा जुटेको छ । समाजले जापानमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूलाई यस गरिमामय उपस्थिति र सहयोगका लागि हार्दिक निमन्त्रणा गरेको छ ।

तपाईको प्रतिक्रिया