Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौँ – संघीय संसद्को बजेट अधिवेशन आज (सोमबार)देखि सुरु हुँदैछ। आज बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ। रामचन्द्र पौडेलले दिउँसो ४ बजे संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

संविधानअनुसार प्रत्येक वर्षको पहिलो अधिवेशनको सुरुवातमा राष्ट्रपतिले संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ। संसद् सचिवालयले सांसदहरूलाई बैठक सुरु हुनुभन्दा अघि नै उपस्थित हुन अनुरोध गरेको छ। यसअघि दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्नेछ। बैठकमा अधिवेशन आह्वानसम्बन्धी पत्र, मन्त्रिपरिषद् हेरफेरको जानकारी तथा विभिन्न संसदीय प्रक्रियासम्बन्धी विषय प्रस्तुत हुनेछन्।

त्यस्तै सरकारले जारी गरेका सार्वजनिक खरिद, संवैधानिक परिषद् र सार्वजनिक पदाधिकारीसम्बन्धी विभिन्न अध्यादेश पनि संसद्मा पेस गरिने कार्यसूची रहेको छ।

 

 

 

तपाईको प्रतिक्रिया