Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौँ – शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा विरुद्ध ‘रेड नोटिस’ जारी गराउन नेपाल प्रहरीले इन्टरपोललाई पुनः थप विवरणसहित पत्राचार गरेको छ। यसअघि पठाइएको अनुरोधमा पर्याप्त कागजात नपुगेको भन्दै इन्टरपोल महासचिवालयले तत्काल रेड नोटिस जारी गर्न नसकिने जनाएको थियो। त्यसपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट प्राप्त थप विवरण, अदालतका कागजात र अनुसन्धानसम्बन्धी सामग्री समेटेर फेरि जानकारी पठाइएको हो।

विभागका अनुसार देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान जारी छ। प्रारम्भमा पक्राउ अनुमति नलिई रेड नोटिस माग गरिएको भए पनि पछि जिल्ला अदालत काठमाडौंबाट गत २४ चैतमा पक्राउ पुर्जी जारी गरिएको बताइएको छ। यसबीच विभागको नेतृत्वमा पनि परिवर्तन गरिएको छ। गजेन्द्र ठाकुर को स्थानमा निर्मल ढकाल लाई जिम्मेवारी दिइएको छ।

सुरक्षा निकायका अनुसार अनुसन्धान अन्य मुद्दातर्फ पनि विस्तार हुन सक्नेछ। आरजु राणाका भाइ भूषण राणा माथि पनि छानबिन अघि बढाइएको छ। साथै केपी शर्मा ओली, पुष्पकमल दाहाल र दीपक खड्का को नाम पनि अनुसन्धान सूचीमा रहेको बताइएको छ। देउवा दम्पती हाल हङकङ मा रहेको अनुमान गरिए पनि यसको औपचारिक पुष्टि भने भएको छैन।

तपाईको प्रतिक्रिया