Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – जापानको गुन्मा प्रान्तस्थित ताकासाकी सहरमा महिलाका भित्री वस्त्र चोरी गरेको आरोपमा प्रहरीले ३७ वर्षीय एक बेरोजगार पुरुषलाई पक्राउ गरेको छ । विगत लामो समयदेखि यस्तो गतिविधिमा संलग्न रहेका ती व्यक्तिलाई प्रहरीले विशेष निगरानीपछि नियन्त्रणमा लिएको हो ।

अभियुक्त हिदेआकी मात्सुमोतोले गत मार्च महिनामा ताकासाकीस्थित एक दुईतले घरको ग्यारेजमा सुकाउन राखिएको महिलाको भित्री वस्त्र चोरी गरेका थिए । उक्त घटना पछि पसल र सडकमा जडान गरिएका सीसीटीभी क्यामेराको फुटेजका आधारमा प्रहरीले मात्सुमोतोलाई मुख्य संदिग्धका रूपमा पहिचान गरेको थियो ।

प्रहरीले उनलाई पक्राउ गर्न सोही घर वरपर पासो थापेर बसेको थियो । गत अप्रिलमा उनी फेरि चोरी गर्ने नियतले सोही महिलाको घरमा पुगेका बेला प्रहरीले उनलाई रङ्गेहात पक्राउ गर्न सफल भयो ।

पक्राउ परेपछि प्रहरीले मात्सुमोतोको घरमा खानतलासी गर्दा सबैलाई चकित पार्ने तथ्य फेला परेको छ । उनको कोठाबाट महिलाले प्रयोग गर्ने ब्रा र पेन्टीसहित कुल ९० थान भित्री वस्त्रहरू बरामद गरिएको छ ।

प्रहरीसँगको बयानमा मात्सुमोतोले आफूले गत वर्षको गर्मीयामदेखि नै निरन्तर रूपमा महिलाका भित्री वस्त्रहरू चोर्दै आएको स्वीकार गरेका छन् । उनले आफूलाई महिलाका भित्री वस्त्रमा विशेष रुचि भएकाले यस्तो कार्य गरेको बताएका छन् । प्रहरीले उनीविरुद्ध चोरीको मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाएको छ । जापानका आवासीय क्षेत्रहरूमा सुकाइएका कपडाहरू हराउने यस्ता घटनाहरू बेलाबेला सार्वजनिक हुने गरेका छन् ।

तपाईको प्रतिक्रिया