Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो – जापानको सबैभन्दा व्यस्त बिदाको समय ‘गोल्डेन विक’ मा यस वर्ष बुलेट ट्रेन (सिन्कानसेन) चढ्ने यात्रुहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । तोकाइदो सिन्कानसेन सञ्चालन गर्ने ‘सेन्ट्रल जापान रेलवे कम्पनी’का अनुसार गत बुधबारसम्मको १३ दिने बिदाको अवधिमा ४९ लाख ३० हजार यात्रुले यात्रा गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतले बढी हो ।

भ्रमणका लागि अनुकूल मौसम र बिदाको कार्यतालिकाका कारण यात्रुको चाप बढेको कम्पनीले बिहीबार जानकारी दिएको छ । विशेषगरी बिदाको दोस्रो आधा भागमा लगातार पाँच दिन सार्वजनिक बिदा परेकाले मानिसहरूलाई टाढाको यात्रा गर्न सहज भएको थियो ।  तोकाइदो सिन्कानसेनले जापानको राजधानी टोकियो र पश्चिमी सहर ओसाकालाई जोड्ने गर्दछ ।

तथ्याङ्कअनुसार, सहरबाट बाहिरिने यात्रुको चाप शनिबार सबैभन्दा बढी अर्थात् २ लाख ९७ हजार रह्यो भने भित्रिने यात्रुको सङ्ख्या बुधबार ३ लाख ११ हजार पुगेर उच्च विन्दुमा पुग्यो । बिदाको यस अवधिमा दैनिक औसत ३ लाख ७९ हजार यात्रुले बुलेट ट्रेन प्रयोग गरेका छन् । सन् २०१९ पछि (जतिबेला १० दिन लामो बिदा परेको थियो) यो हालसम्मकै दोस्रो उच्च दैनिक औसत यात्रु सङ्ख्या हो ।

यसैगरी, मध्य जापानमा रेल सेवा सञ्चालन गर्ने ‘नागोया रेलरोड कम्पनी’ले पनि आफ्नो नेटवर्कमा यात्रुको सङ्ख्या बढेको जनाएको छ । अप्रिल २४ देखि सुरु भएको गोल्डेन विक अवधिमा कार्यालय जाने बाहेकका अन्य यात्रुहरूको सङ्ख्या १.४ प्रतिशतले बढेर ४६ लाख १० हजार पुगेको छ ।

तपाईको प्रतिक्रिया