Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट आगामी सोमबारदेखि तीन दिनका लागि जापान आउने भएका छन् । त्यसपछि उनी चीन जाने कार्यक्रम रहेको अधिकारीहरूले बताएका छन् ।

भ्रमणका क्रममा बेसेन्टले जापानकी प्रधानमन्त्री साने ताकाइचीसँग भेटवार्ता गर्न सक्ने बताइएको छ । उनले जापान बैंकका गभर्नर काजुओ उएदासँग पनि छलफल गर्न सक्ने अधिकारीहरूको भनाइ छ ।

यसका साथै बेसेन्टले जापानकी अर्थमन्त्री सात्सुकी कातायामा तथा अन्य मन्त्रिपरिषद् सदस्यहरूसँग भेटवार्ता गर्ने योजना रहेको छ ।

बेसेन्ट आगामी बुधबार बेइजिङ प्रस्थान गर्ने कार्यक्रम छ । त्यहाँ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच हुने दुईदिने शिखर बैठकमा सहभागी हुनेछन् ।

मे १४ र १५ मा हुने उक्त शिखर बैठकअघि बेसेन्टको जापान भ्रमण गर्न लागेकाले चीनसँग सम्बन्धित महत्वपूर्ण आर्थिक तथा व्यापारिक विषयमा जापानी अधिकारीहरूसँग गहिरो छलफल हुन सक्ने देखिएको छ । विशेषगरी महत्वपूर्ण खनिज पदार्थ, चीनका व्यापार प्रतिबन्ध र आपूर्ति शृंखलासम्बन्धी विषय छलफलमा पर्न सक्ने अनुमान गरिएको छ ।

अधिकारीहरूका अनुसार अर्थमन्त्री कातायामाबाहेक बेसेन्टले जापानका व्यापार तथा उद्योगमन्त्री र्‍योहेई अकाजावा र विदेशमन्त्री तोसिमित्सु मोतेगीसँग पनि भेट गर्ने कार्यक्रम छ ।

यसअघि अप्रिलको मध्यतिर वासिङ्टनमा बेसेन्ट र कातायामाबीच इरान युद्धको अवस्था र मुद्रा विनिमय दरबारे छलफल भएको थियो ।

अर्थमन्त्री पद सम्हालेपछि बेसेन्टको यो जापानको तेस्रो भ्रमण हुनेछ । गत जुलाईमा उनले ओसाकामा आयोजित वर्ल्ड एक्स्पोमा अमेरिकी राष्ट्रपतिको प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । सो अवसरमा उनले तत्कालिन प्रधानमन्त्रि शिगेरु इशिबासँग भेटवार्ता गरेका थिए ।

बेसेन्ट पछिल्लोपटक अक्टोबरमा जापान गएका थिए, जतिबेला राष्ट्रपति ट्रम्पले जापान भ्रमण गरेका थिए ।

तपाईको प्रतिक्रिया