Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

DYNAMIC FRIENDS 株式会社टोकियो – जापानमा बस्ने नेपालीहरुको सुविधालाई ध्यानमा राखी डायनामिक फ्रेण्ड्स कम्पनी लि. ले अब बिना झन्झट छिटोछरितो कर्जा उपलब्ध गराउने भएको छ । व्यवसायिक प्रयोजन वा अन्य प्रयोजनका लागि अवस्था हेरी बिना धितो वा धितो सहित कर्जा उपलब्ध गराउने कम्पनीको उद्देश्य रहेको छ ।

व्यवसायी, कर्मचारी वा विद्यार्थीका लागि व्यवसाय गर्न, आकस्मिक गर्जो टार्न वा पढाई खर्च जुटाउन समस्यामा परेका नेपालीहरुले अब किस्ताबन्दीमा भुक्तानी गर्ने गरी सस्तो ब्याज दरमा कर्जा सुविधा पाउने भएका छन् ।

जापानमा नेपालीहरुको बढ्दो आगमन संगै वित्तिय कारोवार गर्ने आफ्नै संस्था नहुँदा भोग्नुपरेको समस्यालाई ध्यानमा राखी साना तथा मझौला स्केलका व्यवसायीहरुलाई लक्षित गर्दै कम्पनीले सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउन थालिएको कम्पनीका कार्यकारी प्रमुख दिनेश सिलवालले समुद्रपारिलाई जानकारी दिनुभयो ।

डायनामिक फ्रेण्ड्स जापानमा नेपालीहरुद्वारा सञ्चालित वित्तिय कारोवार गर्ने पहिलो कम्पनी हो ।

कार्यकारी प्रमुख सिलवालका अनुसार सेवाग्राहीको वार्षिक आम्दानी, व्यवसायिक योजना र प्रयोजन हेरी कर्जाको परिमाण निर्धारण गरिन्छ भने ऋणीको वित्तिय कारोवारको अवस्था, जापान बसाईको अवस्था र अवधि हेरेर कर्जा स्वीकृत गरिने बताईएको छ ।

जापानमा नेपालीहरुले व्यवसायिक क्षेत्रमा हासिल गरेको उपलब्धि र बिस्तार संगै पछिल्ला समयमा जापान सरकारको नियमनकारी नयाँ मापदण्डले प्रभावित बन्न पुगेका नेपाली व्यवसायीहरुलाई डायनामिक फ्रेण्ड्स कम्पनीले ल्याएको कर्जा उपलब्ध गराउने योजनाले राहतको महशुस गराउने अपेक्षा गरिएको छ ।

पहुँच र भाषा लगायतका समस्याका कारण जापानका बैंकहरुबाट नेपालीहरुले कर्जा लिन त्यति सहज छैन । त्यसो भएको हुनाले जापानका नेपालीहरुलाई लक्षित गरी वित्तिय कारोवार गर्न पाउने जापान सरकारबाट आधिकारिक अनुमति पाएको डायनामिक फ्रेण्ड्सको चिवाकेनको इचिखावामा प्रधान कार्यालय रहेको छ । छिटो-छरितो र बिना झन्झट् सहुलियत ब्याजदरमा हुने कर्जा प्रवाहबाट जापानका नेपाली व्यवसायीहरु लाभान्वित हुने कम्पनीको दाबी छ ।*** 

तपाईको प्रतिक्रिया