Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो — घातक हान्ताभाइरसको संक्रमण देखिएको क्रुज जहाजबाट संक्रमित यात्रुहरू जापान प्रवेश गरे पनि देशभित्र मानिसबाट मानिसमा संक्रमण फैलिने जोखिम न्यून रहने जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सर्वसाधारणलाई नआत्तिन आग्रह गर्दै हान्ताभाइरसका केही प्रकार मात्रै मानिसबाट मानिसमा सर्न सक्ने जनाएको छ। मन्त्रालयका अनुसार संक्रमित व्यक्ति र उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको उचित व्यवस्थापन गर्न सके संक्रमण नियन्त्रणमा राख्न सकिन्छ।

मन्त्रालयका अनुसार हान्ताभाइरस मुख्यतया संक्रमित मुसा तथा अन्य कृन्तक जनावर (कात्ने वा कुटकुट्याउने जनावर) सँगको सम्पर्कबाट सर्ने गर्छ । यसले ज्वरो, श्वासप्रश्वासमा समस्या तथा गम्भीर अवस्थामा मृत्यु जोखिम रहन्छ  । मन्त्रालयले यो भाइरसको मृत्युदर करिब ४० देखि ५० प्रतिशतसम्म हुन सक्ने जनाएको छ ।

संक्रमणको केन्द्रमा रहेको एमभी होन्डियस नामक जहाजमा करिब १५० यात्रु तथा चालक दलका सदस्य छन् । तीमध्ये एक जना जापानी नागरिक पनि रहेको बताइएको छ । तर हालसम्म कुनै जापानी नागरिकमा संक्रमण पुष्टि भएको छैन ।

विश्व स्वास्थ्य संगठनले बुधबारसम्म तीन जनाको मृत्युसहित आठ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । संगठनले जहाजभित्र नजिकको सम्पर्कमार्फत मानिसबाट मानिसमा संक्रमण सरेको हुन सक्ने सम्भावनाबारे अनुसन्धान गरिरहेको छ । यद्यपि, सामान्य सर्वसाधारणमा संक्रमण फैलिने जोखिम न्यून रहेको संगठनको मूल्यांकन छ ।

हाल अफ्रिकाको काबो भेर्डे तटनजिक रहेको उक्त जहाजलाई स्पेनले क्यानरी टापुमा रोक्न अनुमति दिएको छ । जहाज तीनदेखि चार दिनभित्र त्यहाँ पुग्ने अपेक्षा गरिएको छ । तर उक्त योजनाप्रति स्थानीय स्तरमा विरोध भएको बताइएको छ ।

स्विट्जरल्यान्डले पनि सोही जहाजबाट फर्किएका एक पूर्वयात्रुमा संक्रमण पुष्टि भएको जनाएको छ । ती व्यक्तिको अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया