Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौँ – प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले सिफारिस गरेका सबै आठ वटा अध्यादेश रामचन्द्र पौडेलले जारी गरेका छन्। मंगलबार राष्ट्रपतिले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि स्वीकृत गरेका हुन्। यसअघि सो अध्यादेश राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएका थिए। तर मन्त्रिपरिषद्ले फेरि उही अध्यादेश जस्ताको त्यस्तै पठाएपछि अन्ततः अध्यादेश जारी गरिएको हो।

राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ११४ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरिएको हो। यसअघि पनि विभिन्न मितिमा सरकारले सिफारिस गरेका अन्य अध्यादेशहरू—कानुन संशोधन, स्वास्थ्य विज्ञान प्रतिष्ठान, सार्वजनिक पदाधिकारी पदमुक्ति, विश्वविद्यालय, सम्पत्ति शुद्धीकरण, सार्वजनिक खरिद तथा सहकारीसम्बन्धी—राष्ट्रपतिबाट क्रमशः जारी भइसकेका छन्।

यी सबै अध्यादेश बालेन सरकारले मन्त्रिपरिषद्को वैशाख १४ गतेको बैठकबाट सिफारिस गरिएका थियो।

तपाईको प्रतिक्रिया