Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारी जग्गामा बनेका अनधिकृत संरचना हटाउने क्रममा कुनै पनि वास्तविक नागरिकलाई घरबारविहीन नबनाइने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आतंकित नहुन आग्रह गरेका हुन् ।

नदी किनार, पहिरोको जोखिम भएका क्षेत्र र बाढीको खतरा रहेका स्थानमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु राज्यको दायित्व भएको उनले उल्लेख गरे । ‘नागरिकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो । जोखिमयुक्त क्षेत्रमा बस्नेहरूलाई स्थानान्तरण गरिन्छ, तर उनीहरूलाई सडकमा अलपत्र पारिने छैन,’ उनले भने, ‘यो रास्वपा र वर्तमान सरकारको स्पष्ट निर्णय हो ।’

भूमिहीन र सुकुम्बासी समस्याको स्थायी समाधानका लागि शक्तिशाली प्राधिकरण वा आयोगमार्फत काम अघि बढाइने जानकारी दिँदै उनले केन्द्र सरकारले कसैलाई त्रसित पार्ने उद्देश्य नराखेको दाबी गरे । काठमाडौँमा मात्र नभई देशभरका भूमिहीनका हकमा यही नीति लागू हुने र असुरक्षित बसोबासलाई छिट्टै व्यवस्थापन गरिने उनले बताए ।

सरकारले चालेको यो कदम असुरक्षित बसोबासलाई सुरक्षित बनाउने प्रक्रिया भएको उल्लेख गर्दै उनले स्थानान्तरणका बेला नागरिकको हकहितको पूर्ण ख्याल गरिने विश्वास दिलाए ।

तपाईको प्रतिक्रिया