Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – जापानी प्रधानमन्त्री सानाए ताकाइचीले मुलुकको संविधानलाई समयसापेक्ष बनाउन संशोधनको प्रक्रिया अघि बढाउने आफ्नो दृढता पुनः दोहोर्‍याएकी छिन् । ‘संविधान स्मृति दिवस’ का अवसरमा आइतबार एक विशेष सन्देश जारी गर्दै उनले दोस्रो विश्वयुद्धपछिको सर्वोच्च कानुनलाई ‘समयको माग र आवश्यकता अनुसार आवधिक रूपमा परिमार्जन गर्नुपर्ने’ बताएकी हुन् ।

संविधान संशोधनका पक्षधरहरूको भेलालाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ताकाइचीले प्रस्तावित संशोधनका बारेमा जनतालाई स्पष्टसँग बुझाउने प्रतिबद्धता व्यक्त गरिन् । उनले अन्य राजनीतिक दलहरूको सहयोग प्राप्त गर्दै संसद (डाइट) मा ठोस निर्णयमा पुग्ने गरी छलफललाई अगाडि बढाउने बताइन् ।

सर्वेक्षणले ७३ प्रतिशत जापानी नागरिकहरूले संविधान संशोधनको प्रक्रियामा सबै राजनीतिक दलहरूबीच बृहत् सहमति हुनुपर्नेमा जोड दिएको देखाएको थियो । जनमतको सोही भावनालाई सम्बोधन गर्दै ताकाइचीले भनिन्, ‘छलफल केवल छलफलका लागि मात्र हुनुहुँदैन। जनताले हामीमाथि गरेको विश्वास पूरा गर्न राजनीतिज्ञहरूले ठोस निर्णयमा पुग्ने उद्देश्यका साथ वार्तामा संलग्न हुनुपर्छ ।’

एक कट्टरपन्थी अनुदारवादी नेताको रूपमा चिनिने ताकाइचीले दोस्रो विश्वयुद्धपछि लागू भएको संविधानलाई इतिहासमै पहिलोपटक संशोधन गर्ने लक्ष्य राखेकी छिन् । संशोधनको मुख्य केन्द्रमा संविधानको ‘धारा ९’ रहेको छ, जसमा जापानले युद्ध परित्याग गर्ने उल्लेख छ । यो धारालाई जापानको युद्धपछिको शान्तिवादी नीतिको मेरुदण्ड मानिन्छ, तर ताकाइचीले यसलाई वर्तमान विश्वको सुरक्षा चुनौती सामना गर्न सक्ने गरी परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आएकी छिन् ।

तपाईको प्रतिक्रिया