टोकियो – हामी नेपालीहरुका लागि दैनिक उपभोग्य खाद्यवस्तुहरुमा सबैभन्दा बढि प्रयोगमा आउने चामल नै हो । केही समय यता जापानको बजारमा चामलको मूल्य स्थिर नहुँदा महंगोमा चामल किन्नुपरेको उपभोक्ताहरु बताउँछन् । बजारमा चामलको अभाव र मूल्यमा भईरहेको घट्बढ्लाई ध्यानमा राखी सन्तुलित आपूर्ती र आवश्यकता अनुसार उपभोक्तहरुलाई सुपथ मूल्यमा उच्च गुणस्तरिय चामल घरघरमै निःशुल्क डेलिभरी सेवा उपलब्ध गराउने उद्देश्यले एभ्री डे लाइफ फुड सप्लायर्सले ओपनिङ सेल अफर बजारमा ल्याएको छ । जसअनुसार जापानको शिगाकेनमा उत्पादित कोमेतोपिया ब्राण्डको चामल ३० केजीलाई मात्र १५ हजार येनमा घरघरमै पुर्याईदिदैं आएको छ । यसैगरी एभ्री डे कोशिहिकारी जापानी चामल ३० केजीलाई २१ हजार ६ सय येनमा घरघरमै डेलिभरी गर्दै आएको बजार ब्यवस्थापक तथा वितरक चामलवाला केशव थापाले समुद्रपारिलाई जानकारी दिनुभयो । यसैगरी इण्डियन बासमती चामल २५ केजीको १९ हजार ४ सय ८० येनमा धमाधम विक्री भईरहेको थापा बताउनुहुन्छ ।
बिगत दुई वर्षदेखि सामान्य मूल्यमा पाईने जापानी चामलको मूल्य अहिले अत्यधिक बढ्दा दुई-तीन वर्षअघिसम्म करिब १५ सय येनमा पाइने ५ केजी चामल झण्डै ४ हजार येनसम्म पुगेको छ । जसले गर्दा विशेष गरी जापानमा बस्ने चामलका ठूला उपभोक्ता नेपालीहरूमाथि ठूलो आर्थिकभार परेको छ ।
न्यून आय भएका कर्मचारी, आश्रित परिवार कमजोर आर्थिक अवस्था भएका नेपालीहरूलाई गाह्रो भईरहेको छ ।’ – थापा भन्नुहुन्छ -‘त्यति मात्र होइन, जापानीहरू पनि यो समस्याबाट अछुतो छैनन् । उनीहरू पनि चामल मन पराउँछन र उल्लेख्य उपभोग गर्छन् ।’ त्यसैले सबैका लागि यो समस्यालाई हल गर्दै उपभोक्ताको पहुँच बढाउन, सबैका लागि सुलभ र स्थिर गुणस्तर भएको चामल बजारमा ल्याएको कम्पनीको दाबी छ ।
चामलवाला थापा अगाडि भन्नुहुन्छ – ‘करिव दुई वर्षअघि महँगी अत्यधिक बढेको समयमा, हामीले धेरै अनुरोध र प्रयासपछि शिगा केनको एउटा फ्याक्ट्रीसँग कारोबार सुरु गर्न सफल भएका थियौं । त्यो हाम्रो लागि एउटा ठूलो अवसर थियो । पछि बजारमा केही परिवर्तन आयो, चामलको भाउ अलिकति घट्यो । तर बजारको अवस्था अझै सहज भएन । फेरि कहिलेकाँहीं अवस्था यस्तो अवस्था पनि आयो कि जापानी चामल जापानी बजारमै राम्रोसँग विक्रि नहुने स्थिति पनि बन्यो, त्यस्तै अवस्थामा पनि हामीले फेरि पहल गर्यौं र सिधै जापानी फ्याक्ट्रीहरूसँग अनुरोध गरेर, राम्रो गुणस्तरको जापानी चामल प्राप्त गर्न सफल भएका थियौं ।’
‘लामो अथक प्रयास पछि हामीले नेपाली ग्राहक, रेस्टुरेन्ट व्यवसायी तथा जापानमा बस्ने अन्य ग्राहकहरूलाई सुपथ मूल्यमा जापानी चामल उपलब्ध गराउँदैं आईरहेका छौं । हामी चाहान्छौं, भात मनपराउनेहरुले सुपथ मूल्यमा गुणस्तरिय चामलको उपभोग गर्न सकोस् ।’ – थापाले भन्नुभयो ।
‘अर्कोतिर बासमती चामलको माग पनि उल्लेख्य हुँदा अहिलेको बजारमा केही निश्चित मुलुकका ब्यापारीहरुले मात्रै आयात गरेर एक प्रकारको एकाधिकार जस्तै स्थिति बनाईसकेका छन् । यसकारण बासमती चामलको मूल्य अत्यन्तै महँगो भएको छ । यसले गर्दा बासमती मन पराउने नेपाली ग्राहकहरूले सजिलै र सुलभ मूल्यमा पाउन गाह्रो भएको हामीले महशुस गरेका छौं ।’ – थापा अगाडि भन्नुहुन्छ -‘यही समस्यालाई ध्यानमा राख्दै, अब हामीले बासमती चामल पनि आफै आयात गरेर ग्राहकहरूलाई सुपथ मूल्यमा उपलब्ध गराउने पहल सुरु गरेका छौं ।
फेरि अहिले बजारमा ‘ब्लेन्ड राइस’ को नाममा विभिन्न ठाउँको कम गुणस्तरका चामल समेत मिसाएर बिक्री गरिरहेको पाइन्छ । तर हामीले भने शिगा केनको मात्रै चामलबाट बनेको १०० प्रतिशत जापानी ब्लेन्ड राइस ‘कोमेतोपिया’ ब्रान्ड मार्फत बजारमा ल्याएका छौं र पछिल्लो २-३ वर्षमा यो ब्रान्डलाई लोकप्रिय बनाउन सफल भएका छौं । हाम्रो विश्वास के हो भने नाम वा ब्रान्डकै भरमा अत्यधिक महँगो हुनु आवश्यक छैन । हामीले बजारमा पाइने समान स्तरको चामलभन्दा ५ केजीको एक बोरामा नै ३ सय देखि ५ सय येनसम्म सस्तोमा उपलब्ध गराउन सफल भएका छौं ।’
‘हामीले ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर Everyday Rice Series बजारमा ल्याएका छौं । सस्तो र दैनिक प्रयोगका लागि कोमेतोपिया, उच्च
गुणस्तरका लागि जापानी चामल एभ्रिडे राइस कोसिहिकारी, फुसाकोगाने र बासमती प्रेमीहरूका लागि एभ्रिडे बासमती राइस रहेका छन् । तपाईले जुनसुकै प्रकारको चामल रोज्नुभए पनि बजारमा भन्दा सस्तो र सन्तोषजनक गुणस्तर पाउनुहुने छ । हामी आशा गर्छौं, हाम्रो प्रयासमा यहाँहरुको साथ, सहयोग निरन्तर रहने छ । यहाँहरूले आफुले एभ्रिडे राइस ब्रान्ड प्रयोग गर्दै आफ्ना साथीभाइ, परिवार तथा रेस्टुरेन्ट व्यवसायीहरूलाई पनि प्रयोग गर्न सुझाव दिएर हामी नेपालीले आफै आयात गरी नेपालीले नै स्थापित गरेको ब्रान्डलाई साथ र हौसला दिनुहुने छ भन्ने मलाई विश्वास छ ।’ – थापाले अगाडि भन्नुभयो ।
चामलवाला थापाका अनुसार कोशिहिकारी र फुसाकोगाने गरी दुईवटा ब्राण्ड एभ्री डे फुडका आफ्नै उत्पादन हुन् भने कोशिहिकारी मुसेनमाइ, कोमेतोपिया र ग्योमुमाइ ब्राण्डका चामल पनि अहिले सुपथ मूल्यमा धमाधम विक्री भईरहेको छ ।
यसैगरी कम्पनीले पहिलोपटक रेष्टुरेन्टहरुमा नान बनाउनका लागि एभ्री डे नान मिक्स मैदा बजारमा ल्याएको छ । परम्परागतरुपमा नान बनाउनका लागि मैदामा हालिने दूध, चिनी, अण्डा, नून, बेकिङ पाउडर जस्ता वस्तुहरु हाल्ने झण्झटको अन्त्य गर्दै आवश्यक सबै चीजविजहरु पहिले नै मिसाईएको मैदा बजारमा आएको छ । उक्त मैदामा निश्चित पानी र तेल राखेर मुछेपछि नान बनाउन सकिन्छ । जसले गर्दा नान बनाउने झन्झटिलो प्रक्रियामा क्रान्ति नै ल्याईएको थापाको दावी छ । यो मैदा प्रयोग गर्दा जनशक्ति र समयको बचत हुनुका साथै नानको स्वाद, आकार र गुणस्तरमा पनि एकरुपता कायम हुने कम्पनीका अधिकारीहरु बताउँछन् ।
‘मानव समाजको विकासक्रम संगै हरेक क्षेत्रमा भईरहेको तिब्र परिवर्तन अनुसार नान बनाउने प्रक्रिया र कार्यसम्पादनमा पनि नयाँ नयाँ विधि र स्मार्टनेश अवलम्वन गर्दै सेवाग्राहीलाई सक्दो सन्तुष्ट बनाउनु हाम्रो कर्तव्य हो’ – चामलवाला थापाले भन्नुभयो । अब उप्रान्त नान बनाउने कार्यमा र्याडिकल क्रान्ति हुने पनि थापाको जिकिर छ ।***
For Rice Order https://form.jotform.com/261163360739054








