
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यवसायमा लगानी गर्दा राम्रो आम्दानी हुनेछ। पढाइमा सफलता मिल्नेछ र परिवार खुसी रहनेछन्। घुमफिरमा रमाइलो खानपानको अवसर मिल्नेछ। प्रेम सम्बन्ध अझ नजिकिनेछ। सवारी चलाउँदा सावधानी अपनाउनुहोस्।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पुराना समस्या समाधान हुनेछन् र निर्णय तपाईंको पक्षमा आउनेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ। दाम्पत्य जीवन सहयोगी रहनेछ। व्यापार र लगानीबाट फाइदा मिल्नेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अचानक धन लाभ हुने सम्भावना छ। प्रेम सम्बन्ध बलियो हुनेछ। सन्तानबाट सहयोग पाइनेछ। पढाइमा सफलता मिल्नेछ, तर बिहान मन अलि खिन्न हुन सक्छ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय राम्रो छ, सहयोगबाट काम सफल हुनेछ। छोटो यात्रा हुन सक्छ। तर दिउँसो स्वास्थ्यमा समस्या आउन सक्छ, सावधानी अपनाउनुहोस्।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) साथीको साथले काम बन्नेछ। रोकेका काम अघि बढ्नेछन्। पढाइमा सुधार हुनेछ। समाजमा मान–सम्मान बढ्नेछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफन्तसँगको सम्बन्ध राम्रो हुनेछ। व्यापारमा लाभ मिल्नेछ। नयाँ अवसर आउन सक्छ। प्रेम जीवनमा रमाइलो समय बित्नेछ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिहान खर्च बढ्न सक्छ र मन अलि खिन्न हुन सक्छ। तर दिउँसोबाट स्थिति सुधार हुनेछ। काममा सफलता मिल्नेछ र उपहार पाउने योग छ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहान काममा राम्रो प्रगति हुनेछ। व्यापार र अध्ययनमा सफलता मिल्नेछ। तर दिउँसो स्वास्थ्यमा समस्या आउन सक्छ, सावधानी अपनाउनुहोस्।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पुरानो सम्पत्तिबाट लाभ मिल्नेछ। पढाइमा राम्रो नतिजा आउनेछ। प्रेम जीवन सुखद रहनेछ। घुमफिर र मनोरञ्जनमा समय बित्नेछ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार र जागिरमा प्रगति हुनेछ। आम्दानी बढ्नेछ। परिवारको साथले सफलता मिल्नेछ। अध्ययनमा पनि राम्रो परिणाम आउनेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहान स्वास्थ्य कमजोर हुन सक्छ र काममा बाधा आउन सक्छ। दिउँसोपछि सुधार आउनेछ। नयाँ अवसर र स्थान परिवर्तनको सम्भावना छ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहान व्यापार र पढाइमा सफलता मिल्नेछ। राम्रो समाचार सुन्न पाइनेछ। प्रेम सम्बन्ध मजबुत हुनेछ। तर दिउँसो खर्च र धोका हुने सम्भावना भएकाले सतर्क रहनुहोस्।








