Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौँ – अस्ट्रेलियाको एडिलेडस्थित प्याराफिल्ड विमानस्थलमा सानो विमान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। बुधबार दिउँसो भएको उक्त दुर्घटनामा ट्विन–इन्जिन डाइमन्ड डीए–४२ विमान ह्याङ्गरमा ठोक्किएपछि आगलागी भएको थियो।

दुर्घटनापछि विमान पूर्ण रूपमा जलेको जनाइएको छ। दक्षिण अस्ट्रेलियाका प्रिमियर पिटर मालिनाउस्कसका अनुसार घटनामा केही अन्य व्यक्ति पनि घाइते भएका छन्। दुर्घटनापछि सुरक्षा सतर्कता अपनाउँदै आसपासको क्षेत्र खाली गराइएको छ भने आपतकालीन टोलीहरू घटनास्थलमा परिचालित छन्। दुर्घटनाको कारण पत्ता लगाउन अस्ट्रेलियाली यातायात सुरक्षा ब्युरोले अनुसन्धान सुरु गरेको छ।

उक्त विमानमा सामान्यतया चार जनासम्म सवार हुन सक्ने क्षमता रहेको बताइएको छ। ह्याङ्गरमा लागेको आगो नियन्त्रणमा आइसकेको छ भने विमानस्थललाई अस्थायी रूपमा बन्द गरिएको छ। प्याराफिल्ड विमानस्थल मुख्य रूपमा साना विमान र उडान तालिमका लागि प्रयोग हुने व्यस्त विमानस्थलहरूमध्ये एक हो।

 

 

तपाईको प्रतिक्रिया