काठमाडौँ – संसदमा रहेका प्रमुख प्रतिपक्ष दलहरूले सरकारले जारी गरेका अध्यादेशहरू स्वीकृत नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरेका छन्।
बुधबार सिंहदरबारमा बसेको बैठकमा श्रम संस्कृति पार्टी बाहेकका अन्य विपक्षी दलहरू सहभागी थिए। बैठकले संयुक्त रूपमा राष्ट्रपतिलाई अध्यादेश स्वीकृत नगर्न अनुरोध गर्ने निर्णय गरेको हो।








