Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार अमेरिकी डलरसहितका प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूको भाउमा उल्लेखनीय वृद्धि देखिएको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको बिक्री दर प्रतिडलर १५१.५७ रुपैयाँ कायम भएको छ भने खरिद दर १५०.९७ रुपैयाँ रहेको छ । नेपाली मुद्राको इतिहासमा डलरको यो उच्च मूल्यमध्ये एक हो । डलरसँगै युरोपियन युरो र ब्रिटिस पाउन्ड स्टर्लिङको भाउले पनि नयाँ उचाइ छोएको छ । आज युरोको बिक्री दर १७७.२७ रुपैयाँ र पाउन्ड स्टर्लिङको बिक्री दर २०४.३६ रुपैयाँ पुगेको छ ।

विशेषगरी खाडी मुलुक र मलेसियामा श्रम गरिरहेका नेपालीहरूका लागि यो समाचार उत्साहजनक छ । आज कतारी रियालको बिक्री दर ४१.५८ रुपैयाँ, साउदी रियाल ४०.४१ रुपैयाँ र संयुक्त अरब इमिरेट्स (युएई) को दिराम ४१.२६ रुपैयाँ कायम भएको छ । त्यस्तै, मलेसियन रिंगिटको भाउ ३८.३५ रुपैयाँ पुगेको छ ।

कुन मुद्राको भाउ कति? (बिक्री दर):

  • कुवेती दिनार: ४९४.६८ रुपैयाँ
  • बहराइन दिनार: ४०१.७८ रुपैयाँ
  • ओमानी रियाल: ३९३.६८ रुपैयाँ
  • अस्ट्रेलियन डलर: १०८.५६ रुपैयाँ
  • क्यानेडियन डलर: ११०.९० रुपैयाँ
  • जापानी येन (१०): ९.४९ रुपैयाँ

तपाईको प्रतिक्रिया